चुल्ठेमुन्द्रेहरुको हर्कतमा गुल्मीका वडाध्यक्षहरुः पत्रकार र प्रहरीलाई समेत हातपात (भिडियो सहित)

 

बुटवल, भदौं–१९ । विहिवार गुल्मीको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीको कार्यकक्षमा बुधवार लगाईएको ताला खोल्न प्रहरी पुगेको थियो । बन्द गरिएको ताला प्रहरीले खोल्ने क्रममा दालाबन्दी गर्ने नेपाली कांग्रेसबाट विजयी वडाध्यक्षहरु र अन्य जनप्रतिधीहरु किन ताला खोलेको हो ? भन्दै प्रहरी माथी जाई लागे । त्यस क्रममा प्रहरीले पनि केहि वडाध्यक्षहरुलाई समातेर तान्यो । त्यस पछि त्यहाँका केहि वडाध्यक्षहरुले देखाएको हर्कत शहर–बजारमा गुण्डागिरी गर्ने चुल्ठेमुन्द्रे र अल्लारे युवाहरुको भन्दा कम भएन् । त्यहाँ खटिएको प्रहरीहरुको कठालो समातरे कुटपिटमा उत्रिने देखि क्यामरा खिचिरहेका पत्रकारहरुलाई समेत नखिच भन्दै धम्काउँदै र हातपात गर्ने प्रयासको दृश्य देख्दा कानुनको राज नभई पाखुराको बलको राज चल्ने मुलुक जस्तो महशुस हुन्थ्यो । जिम्मेवार वडाध्यक्ष र कार्यापालिकाका महिला सदस्यहरुले मुखमा जे आयो त्यही बोलिरहेका थिए । प्रहरीलाई ‘साले–गधा ’ सम्मको गाली बेईजत गर्न पछि नपरेका कार्यपालिका सदस्यहरुले थोरै पनि पदिय मर्यादाको ख्याल राखेनन् । नगरपालिकाका मन्त्री मानिने वडाध्यक्षहरु नै प्रहरीलाई हातपात गर्न उत्रिए पछि कार्यापालिका सदस्यहरु पनि प्रहरीलाई झम्टिदै थिए । उनीहरुको आक्रमणबाट प्रहरी निरिह जस्तो भएर पछाडी हट्यो । उनीहरु नगरपालिकाको गेटबाट निस्कीए पछि जनप्रतिनिधीहरुबाट च्यानल गेट लगाईयो र जथाभावी बोल्ने कार्य रोकिएन । अरु जानकारी सहितको यो भिडियो हेर्नुहोस र सेयर गर्नुहोस ।