आजको राशिफल वि.सं. २०७६ भदौ २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०६ तारिख

वि.सं. २०७६ भदौ २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०६ तारिख, भाद्र शुक्ल पक्ष अष्टमी तिथी। अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा। विष्कुम्भ योग, भद्रा करण। सुर्याेदय बिहान ०५:४५ र सुर्यास्त साँझ ०६:१८ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि बृश्चिक हुन्छ। आजको चाडपर्र्व अष्टमी व्रत, गोरखकाली पुजा, कायअष्टमी, कागेश्वर मेला, महाँलक्ष्मीको व्रतारम्भ, राधाजिको जन्मोत्सव र थकाली फालो पर्व रहेको छ। भोलीको पर्व अदुःख नवमी व्रत रहेको छ। आजका लागि शुभ समय: लाभ वेला बिहान ०७ :१५ देखि ०८ :४५ मिनेट सम्म, अमृत वेला बिहान ०८ :४६ देखि १० :१६ सम्म, शुभ वेला दिउँसो ११:४५ देखि ०१ :१५ सम्म रहेका छन।

आजका लाग अशुभ समय : काल वेला बिहान १० :१५ देखि ११ :४५ सम्म र रोग वेला दिउँसो ०१: १६ देखि ०२ :४६ सम्म रहेका छन। आज जौ खाएर र भोली घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक प्रतिफल प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुनसक्छ । सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ । आज तपाईले आत्मबल र हिम्मत बढाउनु आवश्यक छ । स्वास्थ्यमा देखिएको कमजोरी निराकरण हुनेछ । आँटेको काममा देखिएका व्यवधान पन्छाएर उपलब्धी लिन सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सङ्कटाभगवत्यैै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले नैराश्यभाव त्याग गर्नु उत्तम हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाइको मन फुरुङ्ग हुने दिन छ । ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । राम्रो धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।
आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले आफ्नो परिवारको बेवास्ता नगर्नु उत्तम हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज तपाईका लागि यात्राको योग छ। यात्राबाट विशेष लाभ हुने देखिन्छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा पर्न सकिन्छ, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
आज तपाईका लागि शुभरङ्ग बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले आफ्नो खानपानमा नियन्त्रण गर्नु उत्तम हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज तपाईको अध्ययनमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रमा पनि राम्रो फाईदा देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान ले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग गाढा हरियो शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले आफ्ना छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने काम गर्नु उत्तम हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईका लागि अशुभ चन्द्रमाको प्रभाव छ । परिवारमा आमा वा पति÷पत्नीको स्वास्थ्यस्थितिका काराण तनाव बढ्न सक्नेछ । पारिवारिक भेटघाटमा किचलो हुनाले मन खिन्न हुनसक्छ । आत्मीयजनसँगको दूरी बढ्ने छ । अरूको फाइदाका लागि उपयोग भइने छ । परिस्थिति पनि आफ्ना लागि प्रतिकूल नै रहने न्छ । काम बिग्रने डरले सताइरहनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफ्ना योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ । कृषि तथा पशुबाट लाभ हुने समय छ । एकान्तमा मन रमाउनेछ ।
आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले गोपनीयता भङ्ग नगर्नु उत्तम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज दाजुभाइ बाट सहयोग लिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ । आवश्यक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध सुमधुर रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ ।
आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले दाजुभाइका सल्लाह मान्ने काम गर्नु उत्तम हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज राम्रो प्रयास गरेमा लक्ष्यमा पुग्न सकिने छ । प्रतिस्पर्धाको दौडमा विजय हुने योग छ । आज दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । सोचेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । प्रशंसकहरूले साथ दिनेछन् । मान–सम्मानको योग छ। गरेको प्रयास अनुरूप व्यावसायिक काममा राम्रो फाइदा उठाउन सकिने छ । आज तपाईका लागि शुभरङ्ग, सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले बोलीवचनमा कडापन नगर्नु उत्तम हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउन सक्नेछ । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी÷कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन् । स्वास्थ्य सबल रहने छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ ।
आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज तपाईले कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले हतारमा निर्णय नगर्नु उत्तम हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज तपाईलाई साथीभाईले झुक्याउन सक्नेछन । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । आजको दिन सचेत रहन सके बिग्रन लागेको कामबाट पनि लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।सामाजिक कामको दायित्व बढ्नेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले दीर्घकालीन प्रतिफल आउने काम मा लगानी नगर्नु उत्तम हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आजको दिन तपाईका लागि उत्साहवद्र्धक रहेको छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा पनि राम्रो प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले रचनात्मक र सिर्जनात्मक कार्यमा जोड दिनु उत्तम हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज रोजगारी र व्यापारका क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि एवं वाहन बाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । उत्तम काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले कार्यमा हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले उदासीनता÷नैराश्यता त्याग गर्नु उत्तम हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –परोपकार र सामाजिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम अगाडी बढ्नेछन । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । व्यापारबाट फाइदा हुनेछ । सुखद यात्राको सम्भावना छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। आर्थिक पक्ष सबल रहनेछ ।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ नमो भगवते वासुदेवाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले आफ्नो कुलधर्म र परम्पराको अनुसरण गर्नु उत्तम हुनेछ।