स्कटलैण्डको इडन्वरामा तिज २०१९ कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

इडन्वरा, स्कटल्याण्ड ।नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा प्रत्येक वर्ष मनाउदै आइरहेको हरितालिका तीज यहि गत १ सेप्टेम्बर २०१९ आइतबार इडन्वराको नेपालीको आफ्नै हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर भवनमा हरितालिका तीज तथा मिस तिज/मिसेस् तिज लेडी २०१९ कार्यक्रम भब्यतका साथ सम्पन्न भएको छ। नेपाल स्कटलैण्ड एसोसिएसनका अध्यक्ष बिजय डंगोलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु संस्थाका सचिव मनिष खत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रमको उद्घोषिकाको कार्यभार संस्थाका महिला सदस्य कमला श्रेष्ठ ले गरेकि थिइन् साथै संस्थाका सम्पूर्ण पदाधिकारीहरु उपाध्यक्ष गोविन्दराम कडेल, कोषाध्यक्ष सागर केसी, महिला सदस्य अञ्जली चापागॉई, सदस्य यदुमणि सापकोटा तथा नेपाल स्कटलैण्ड एसोसिएसनका सल्लाहकारहरु/लाइफ मेम्बर/मेम्बरहरुको कार्यक्रम सञ्चालनमा उल्लेखनीय योगदान रहेको थियो।कार्यक्रममा स्कटलैण्डका बिभिन्न भागबाट दिदी बहिनीहरूको तथा बिभिन्न संघ संस्थाका महिला अतिथिगण, प्रतिनिधि तथा स्थानीय नारीहरुको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा अतिथिको आसनमा एन आर यन ए स्कटलैण्ड राज्य समन्वय परिषदको अध्यक्ष मोहन कार्की, उपाध्यक्ष /सफल व्यवसायी काशिराम भण्डारी र ग्ल्यास्को एसोसिएसन का अध्यक्ष छबिलाल अर्यालको उपस्थिति रहेको थियो।
कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गानबाट सुरु भएको थियो।
कार्यक्रममा नेपाली स्कटलैण्ड एसोसिएसनका अध्यक्ष बिजय डंगोलले स्वागत र धन्यवाद मन्तब्य दिएका थिए र उपस्थित सम्पूर्ण स्कटलैन्ड महानुभावहरू लाई हरितालिका तीज २०१९ को शुभकामना व्यक्त गरेका थिए।औपचारिक कार्यक्रमपछि साना नानीहरू सृध्दि अर्याल, सुदिपा केसी, श्रिष्ति कार्कि र ग्रेस प्यानथि द्वारा तिजको गितमा रमाइलो नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरि नेपाल स्कटलैण्ड एसोसिएसनका सांस्कृतिक समुहको कोरियोग्राफीमा बिभिन्न तिन समुहको सामूहिक गित र तीज एकल र सामुहिक नृत्य भएको थियो।
कार्यक्रममा नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा तिजको अवसरमा आयोजित मिस तिज र मिसेस् तिज लेडि २०१९ प्रतियोगिताको कार्यक्रम मुख्य आकर्षण बनेको थियो।
कार्यक्रममा आकर्षक पुरस्कारहरु, तीजको दर र आशिष पुनको डिजेमा अपरान्ह देखि राती अबेर सम्म सबैले तीज गीतमा छमछमी नाचेर भरपुर मनोरन्जन गरे । तीज सामुहिक गित र नृत्यमा आठजनाको समुह ‘ग’ का ले उत्कृष्ट गित नृत्याङ्गनले नगद र प्रमाणपत्र संस्था का अध्यक्ष डंगोल द्वारा दिएका थिए। पुरस्कृत हुनेमा समुह ‘ग’ का सृजना कंडेल, सिता गौतम, प्रतिक्षा शर्मा, अम्बिका न्यौपाने, यमकला सापकोटा, मिना शर्मा, र नृत्यमा सन्जिता महर्जन र प्रतिमा केसी रहेका थिए।
मिस तिज २०१९ र मिसेस् तिज लेडि २०१९ मा स्कटलैण्डका बिभिन्न सहर बाट आएका दिदीबहिनीहरूले प्रतिस्पर्धा मा भाग लिइ उत्कृष्ट प्रदर्शनका साथ सम्पन्न भएको थियो। उक्त प्रतिस्पर्धामा महिला जज् हरु कबिता केसी, शशी खनाल, र पुजा थापा द्वारा तिज महिलाको पहिरन, पहिचान, हिँडाई र मनोवृत्तिको आधारमा मिस तिज/मिसेस् तिज लेडि २०१९ छनौट गरिएको थियो। उक्त प्रतियोगितामा। “मिस तिज २०१९” को उपाधि सलिना भट्टराई छनौट भएका थिए भने “मिसेस् तिज लेडि २०१९” भिमा मैनाली र “मिसेस् रनरअप तिज लेडि २०१९” प्रतिक्षा शर्मा द्वारा उपाधि हात पार्न सफल भएका थिए।
अन्तमा उक्त प्रतियोगितामा प्रथम र रनर अप प्रतियोगितामा छनौट प्रतियोगिहरु लाई अतिथि ग्ल्यास्का अध्यक्ष छबिलाल अर्याल र एन आर एन ए का उपाध्यक्ष तथा सफल ब्यवसायि र समाजसेवा काशी राम भण्डारी द्वारा यस वर्षकी प्रथम मिस तिज/मिसेस् तिज लेडि र मिसेस् रनर अप तिज लेडि २०१९ हरुलाई ताज र स्यास् पहिर्याई सम्मानका साथ प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका थिए र सम्पूर्ण हिन्दू नारिहरुलाई हरितालिका तीज २०१९ शुभकामना व्यक्त गरेका थिए
यस कार्यक्रममा दिदीबहिनीहरू लाई तिजको दर खुवाउने प्रायोजकहरू गोर्खा बार एण्ड रेष्टुरेण्ट, गोर्खा क्याफे रेष्टुरेण्ट, करी क्याफे रेष्टुरेण्ट, नमस्ते काठमाडौं रेष्टुरेण्ट, नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट, काभ्रे ग्रुप, एभरेष्ट रेष्टुरेण्ट, एभरेष्ट इन रेष्टुरेण्ट लाई र कार्यक्रम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रुममा सहयोग गर्ने हुने सम्पूर्ण स्वयंसेवक साथीहरू लाई नेपाल स्कटलैण्ड एसोसिएसन अध्यक्ष डंगोल द्वारा धन्यबाद तथा आभार व्यक्त गरेका थिए साथै आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी तथा अन्य आगन्तुक दर्शकहरूद्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा र बिश्वसामु आफ्नो पहिचानले सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि तथा सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका अध्यक्ष डंगोल बताउँछन्।

धन्यवाद ।।।