आजको राशिफल वि.सं. २०७६ भदौ १९ गते बिहिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०५ तारिख

वि.सं. २०७६ भदौ १९ गते बिहिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०५ तारिख, भाद्र शुक्ल पक्ष सप्तमी तिथी। बिशाखा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा। ब्रम्हा योग, कौलव करण। सुर्याेदय बिहान ०५ः४५ र सुर्यास्त साँझ ०६ :१९ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि बृश्चिक हुन्छ। आजको चाडपर्र्व भक्तपुरमा मंगलकुण्ड मेला रहेको छ। भोली अष्टमी व्रत, गोरखकाली पुजा, कायअष्टमी, कागेश्वर मेला, महाँलक्ष्मीको व्रतारम्भ, राधाजिको जन्मोत्सव र थकाली फालो पर्व रहेको छ।

आजका लागि शुभ समय : शुभ वेला बिहान ०५ :५९ देखि ०७ :१४ मिनेट सम्म, लाभ वेला बिहान ११:४४ देखि ०१ :१५ सम्म अमृत वेला दिउँसो ०१ः१५ देखि ०२:४३ सम्म रहेका छन। आजका लाग अशुभ समय : रोग वेला बिहान ०७:१३ देखि ०८ :४४ सम्म र काल वेला दिउँसो ०२ः ४४ देखि ०४ :१४ सम्म रहेका छन। आज दही खाएर र भोली जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाईका लािग आठौं भावमा चन्द्रमाको गोचर रहेको छ,। सानातिना घरायसी समस्याहरू देखि सक्नेछन । तपाईको सोच सकारात्मक भएमा तिनले दैनिकीमा खास फरक पार्न सक्दैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ,। तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना हुन सक्नेछ। तर पनि आज तपाईले आफ्नो काम गराईको उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ ।
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले सट्टापट्टा र जोखिमपूर्ण काम मा हात नहाल्नु वेस हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –लामोसमयदेखि देखिएका समस्या लाई समाधान गर्दै लाने आज महत्वपूर्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । आज छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रेम सुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी मा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । आज पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।
आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बिहान पख ज्ञानगुनका क्षेत्रमा मन आकर्षित हुनेछ । काम गर्दा आर्थिक एवं सामाजिक उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा वा विवादमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन बित्दै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । मनमा असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ। आफ्नो खानपान र आहारविहारमा सतर्क रहनु उत्तम हुनेछ । व्यापार व्यावसायमा मध्यम समय रहनेछ।
आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाई मुद्दामामिला र झैझगडा बाट पर बस्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । ज्ञानगुन र दार्श्निक विषयमा आकर्षित भइने दिन छ। कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन महत्त्वपूर्ण बन्न सक्छ ।
आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले काम गर्दा अहङ्कार नदेखाउनु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईका लागि मिश्रित दिन रहेको छ। व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा हरु आई लाग्न सक्नेछन । शरीरमा थकानको अनुभूति हुनसक्छ तर आफ्ना आफन्त बाट तपाइको कार्यको सराहना हुनेछ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्ने योग् छ । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ,। व्यापार व्यावसाय फस्टाउने छ ।
आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कुनै पनि महत्वपूर्ण कार्यको शुरुवात गर्नु अगाडी आमाको आशीर्वाद ग्रहण गर्नु उत्तम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । साथीभाइ ले परेको बेला सहयोग गर्नेछन् । यात्रा बाट फाईदा हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ। मान सम्मान पाइने छ। सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च हुन सक्नेछ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापारका व्यावसायका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गणाधिपतये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले भुलेर पनि दुःखीको अपमान नगर्नु उत्तम हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाईको आर्थिक पक्ष सुदृढ रहनेछ । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो। महत्वपूर्ण स्थानमा बोली को प्रभाव रहनेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी ले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य अवस्था सबल रहनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको कार्यकुशलता र व्यवहारप्रति विपरीतलिङ्गी साथीको आकर्षण बढ्नेछ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाई फजुल खर्च बाट बच्नु उत्तम हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज तपाईको शिरमा चन्द्रमाको प्रभाव रहनेछ। हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ ।साँझ पख पारिवारिक रमझमका लागि समय र धनको लगानी हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पुरा हुनेछन् । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । समग्रमा तपाईको आजको दिन उत्तम रहने देखिन्छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले धेरै कल्पनामा र भावनामा डुब्ने काम नगर्नु उत्तम हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ। तर काम गर्दा उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुन सक्नेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । आज केहि तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले काममा विलम्ब र ढिलासुस्ती नगर्नु उत्तम हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज महत्वपूर्ण कार्य सिद्धि हुने दिन छ । विपरीतलिङ्गी साथी सँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी एवं सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्ने हुन सक्छ
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलतका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले काम गर्दा अनुशासन भङ्ग हुने काम नगर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज आम्दानी बढ्ने दिन छ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा मन लाग्नेछ । गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै नमिठोपना आउने देखिन्छ । आफन्तहरूले सहयोग गर्नेछन् । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले अल्छीपना त्याग गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज सामाजिक सांस्कृतिक गतिविधिमा संलग्न हुन सकिन्छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।
आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले केहि समय सामाजिक र परोपकारी काममा दिनु उत्तम हुनेछ।