गुल्मीको एउटा बिकट गाउ बाट संघर्ष गर्दै बेलायतमा आई पुगेका समाजसेवी एनआरएनए मा प्रवेश गर्दै ! (भिडियो सहित)

स्कटनेपाल युके,

बेलायतमा बिगत लामो समय देखि सामाजिक कार्यमा सकृय रहेर काम गर्दै आउनु भएका नेपालीहरू मा चिर-परिचित, कोस्लेश्वर ( कृष्ण ) ढकाल यसपटक एन आर एन ए यूकेको सचिव पदको लागी आधिकारिक उम्मेदवारी दर्ता गर्नु भएको हामीलाई जानकारी गराउनु भएको छ ।

व्यवसायको रूपमा एक सफल व्यवस्सायी, समाज को लागी केहीन केही गर्नु पर्दछ भन्ने सामाजिक भावना बोकेका क्षमतावान, सक्षम व्यक्तित्व ढकाल गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनमा सचिव पदको प्रत्यासी पदमा, आ-आफ्नो ठाउबाट अमूल्य मत दिएर विजय गराउन को लागी अपिल गर्नु भएको छ ।

कोस्लेश्वर ( कृष्ण ) ढकाल सामाजिक संजाल पर्योग गरी फेसबुक वाल मार्फत बेलायतबासी दाजुभाई तथा दिदीबहिनीहरूमा जानकारी समेत गराउनु भएको छ ।

उहा लेख्नु हुन्छ : आदरणिय बेलायतबासी दाजुभाई तथा दिदीबहिनीहरूमा नमस्कार। बिगत लामो समय देखि मैले सामाजिक कार्यमा सकृय रहेर काम गरिरहेको कुरा यहाँहरुलाई थाहा भएकै कुरा हो र मैले यसपटक एन आर एन ए यूकेको सचिव पदको लागी आधिकारिक उम्मेदवारी दर्ता गरेको छु । तपाईंहरुको सहयोग र हौसलाले मेरो उर्जा र जिम्मेवारी झनै थपिएको छ । तपाईहरुको साथ सहयोग र सल्लाहको सदैव अपेक्षा गरेको छु |१४ सेप्टेवरमा हुने आशन्न निर्वाचनमा सहभागिभई हजुरहरुले अमुल्य मत दिई विजय गराउनुहुन बिनम्र अनुरोध गर्दछु ।।
कोस्लेश्वर ( कृष्ण ) ढकाल – सचिव पदको प्रत्यासी

को हुन् त कोस्लेश्वर ( कृष्ण ) ढकाल ? के कस्ता सामाजिक कामहरुमा सक्रिय हुनुहुन्छ बेलायतमा तल भिडियोमा पुरा जानकारी समेटिएको छ सबैले हेर्नुहोला भन्न चाहन्छौ ।