अघोर पछि भेटिए अचम्मका नागा बाबा ,चकित बनाउने नागा बाबाको यस्तो रहेछ भित्रि रहस्य (भिडियो हेर्नुहोला)

झापा , दमक । मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी झापामा जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफु नागा बाबा बताउने बाबाको परिवार पनि छ । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर नागा बाबाले गर्ने काम बारे बोलेका छन् ।

उनि झापाको शिवासताक्षी नगरपालिकाको धार्मिक स्थल सतासीधाममा बस्दै आएका छन् । रेवत गिरि नाम गरेका बाबाको जन्म भोजपुरमा भएको रहेछ ।सतासीधाममा बसोबास गरेको १६ बर्ष भएको उनले बताएका छन् । आफ्नो परिवार संग बस्दै आएका नागा बाबा रेवत गिरि गाइबस्तु पनि पाल्दै सतासीधाममा बसोबास गरिरहेका छन् । तल भिडियोमा उनले नागा बाबा सम्बन्धि बताएका अनौठा कुराहरु हेर्नुहोला ।