१२ औं पटकको फलोअप रिपोर्टिङ पछि समातिय श्याम परदेशी। लाग्यो हातमा हतकडी ! (भिडियो सहित)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राममा रबि लामीछानेले एक बिशेष प्रस्तुती गर्नु भएको जानकारी गराउनु भएको छ । बिषय छ ‘श्याम परदेशीको’ सर्लाही र विभिन्न ठाउँका गरिब, सोझा सिधा जनतालाई जाली ऋण पत्र बनाएर ठगी गरेको आरोपमा सर्लाहीका (श्याम परदेशी) भनिने श्यामकृष्ण साह कलवारलाई प्रहरीले आज पक्राउ गरेको छ। १२ औ पटकको रिपोर्टिङ र फलोअप पछि श्याम परदेशीको हातमा हतकडी लागेको जानकारी गराउनु भएको छ। पीडितको आरोप थियो, ऋणमुक्त हुने भए आफ्ना छोरीलाई म कहाँ पठाईदेउ। कानुनी प्रक्रिया मिलाएर ठग्ने र राजनिज्ञहरुको राम्रै संरक्षण पाएका श्याम परदेशी सोचे जति सजिला छैनन् भन्ने रबि लामिछानेले प्रोग्राम सिधा कुरा जनता संगमा एक बिशेष रिपोर्ट सहित प्रसुत हुनु भएको भिडियो तल हेर्न सक्नु हुनेछ।

मिटर ब्याजमा दुनियालाइ ठग्दै आएका श्याम परदेशी अहिले पक्राउ परेका छन्। धेरै मिडियामा धेरै पटक यो बिषय बाहिर आएपनि हिजो पुन: सिधा कुरा कार्यक्रममा दमदार प्रस्तुतिले अपराधी मानसिकताका ठग श्याम परदेशीलाई सरकारले पक्राउ गर्न बाध्य भएको छ। अन्यायपूर्ण हिरासतमा बसेर बाहिर आएपछि पहिलो कार्यक्रम निकै उपलब्धि बनाएर सयौं पीडितलाई न्याय दिन सफल हुनु भएको छ रबिलामिछाने ।

हेरौ भिडियो: