अर्काको बुढिले आफ्नो बुढाको खुट्टा ढोग्दा किन अरुको टाउको दुख्नु ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले ‘अर्काको बुढिले आफ्नो बुढाको खुट्टा ढोग्दा किन अरुको टाउको दुख्नु ? ’ उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

अब आफ्नो श्रीमतीलाई ढोग गर्न , जल खान खुट्टा दिए भनी अर्काको बुढाहरुलाइ सामाजिक संजाल भरी गाली गर्नु भन्दा अब हाम्रा दिदिबहिनीहरुले पनि सोच्ने कि ? दिन भरी भोकै बसि बिहोस नै हुनि गरि पानी पनि नपिइ व्रत बस्ने अनि सबै शरीर भुइमा पारी ढोगेर बुढाको जल खाने ? बुढाले मेरो खुट्टा ढोग्नै पर्छ भनी जबर्जस्ती गरेको त होईन नि ? अनि ….!

ए बाबा !यति त सोच्न पर्यो नि आजसम्म कुन चाहिँ चाडपर्व छ पुरुष यानी कि श्रीमान श्रीमतीको लामो आयु र श्रीमती कै लागि समर्पित भएको ? छैन नि कुनै पनि ? अब पनि समाजको प्रगतिशील नारी भन्ने , महिला अधिकार खोज्ने? घरेलु हिंसाको शिकार भए भन्ने? महिला हिंसा भन्ने , अनि लम्पसार परेर बुढाको खुट्टाको जल खादा आनन्द मान्ने ? बुढाले नदिदा पनि तानी तानी खुट्टा ढोग्ने अब कतिपय संस्कारमा परिबर्तन नारीले ल्याउने होइन र ??

विचरा पुरुषलाई किन गाली ?
आफ्नो बुढिको दिन भरिको भोको ब्रतलाइ तोड्न नि खुट्टा दिनै पर्यो नि धन्यवाद तिमी पुरुष तिमीले खुट्टा दिएर पो बुढीको दिनभरिको भोको पेटमा अन्न पर्यो , मुखमा पानी पर्यो तिमिले खुट्टा ढोग्न र जल खान नदिएको भए उनी बिहोस हुन सक्थिन …..? समाजको प्रगतिशील नारीहरु पनि यो कुराबाट अझै टाढा हुन सकेको जस्तो लाग्दैन अनि किन आलोचना ,र टिप्पणी गर्नु दिनेले दिए खुट्टा पिउनेले पिए बुढको खुट्टाको पानी ….!!
पहिला बदलौ आफू ….!!! कसैलेको नितान्त स्वतन्त्रतामा अरुको फोटो हाल्दै कमेन्ट गर्नु अलि उचित होईन। केही सामाजिक संस्कार छन् जुन एकै चोटि परिबर्तन हुन गारो छ …../