मेलबर्नमा गीता र चण्डी पाठ गर्दै शैक्षिक संस्था उदघाटन

मेलबर्नमा बुवाको मुख हेर्ने दिनको साइत पारेर नेपालीहरुद्वारा मेलबर्नको लन्सडेलमा संचालित Roman Education Centre को उद्घाटन बिभिन्न संस्थाका नेपाली तथा बिदेशी प्रतिनिधिहरुको उपस्थितिका बीच नेपालबाट भिजिट भिसामा आउनु भएका बुबा साधुराम पाठक र आमा सीता पाठकबाट गीता र चण्डीपाठ गर्दै पुजा गरेर गरिएको छ । यसरी मेलबर्नमा गीता र चण्डीपाठ गर्दै संस्थाको उदघाटन गरिएको संभबत यो पहिलो हो ।

सन् २०१३ मा एउटा कोठाबाट ट्युसन सेन्टरको रुपमा शुरुवात गरिएको यो संस्थामा बिद्यार्थीहरुको माग र चाप बढ्दै गएपछि सन् २०१७ मा ब्यबस्थित रुपमा संचालनमा ल्याएको थियो । यसद्धारा हालसम्म प्रत्यक्ष पाँच हजार तथा अनलाइन मार्फत तीन हजार गरी करीब आठ हजार बिद्यार्थी लाभान्बित भैसकेका छन् । यस्ले मुख्यत PTE Academic Test Preparation, NAATI CCL Test Preparation, Education Services, Migration Services, IT Solutions, Accounting & Finance Solution जस्ता सेवा उपलब्ध गराएकोमा निकट भबिस्यमै Registered Training Organisation को रुपमा CRICOS संचालनमा ल्याउनका लागि प्रकृया अगाडि बढाइसकेको छ ।

संस्थाले आफ्नो शैक्षिक गतिबिधिसंगै सामाजिक कार्यमा पनि सकृयता बढाउने क्रममा Royal Western Club संग सहकार्य शुरु गरेको छ । समारोहमा उपस्थित सम्पुर्ण अतिथीहरुप्रति आभार प्रकट गर्ने क्रममा संस्थाका संचालक आकाश पाठकले आगामी दिनहरुमा पनि सबैको मन जित्दै थप सामाजिक काममा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्नु भयो । संचलाक डा रोमन पाठकले पनि आगामी दिनमा संस्थाले सामाजिक काममा योगदानलाई अरु बढावा दिने कुरामा जोड दिनु भएको थियो ।