आजको राशिफल वि.सं. २०७६ भदौ १८ गते बुधवार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०४ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क मो. नं. – ९८४२२१९७३५ दैनिक राशिफल

वि.सं. २०७६ भदौ १८ गते मंगलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०४ तारिख, भाद्र शुक्ल पक्ष षष्ठि तिथी। स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा। ब्रम्हा योग, कौलव करण। सुर्याेदय बिहान ०५ः४४ र सुर्यास्त साँझ ०६ ः२० मा हुनेछ। आज जन्म लिने वच्चाको राशि तुला हुन्छ। आजको चाडपर्र्व सुर्य षष्ठि र भोली भक्तपुरमा मंगलकुण्ड मेला रहेको छ।
आजका लागि शुभ समय लाभ वेला बिहान ०५ ः५७ देखि ०७ ः१२ मिनेट सम्म, अमृत वेला बिहान ०७ ः१३ देखि ०८ ः४३ सम्म शुभ वेला दिउँसो १०ः१२ देखि ११ ः१३ सम्म रहेका छन।
आजका लाग अशुभ समय काल वेला बिहान ०८ ः४४ देखि १० ः १४ सम्म र रोग वेला मध्यान्ह ११ः ४२ देखि ०१ ः १२ सम्म रहेका छन।
आज तिल वा धनिया मुखमा राखेर र भोली दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले प्रशंसा पाउन सक्ने योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहने छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले अरुलाई धेरै ख्यालठट्टा र जिस्क्याउने काम नगर्नु उत्तम हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन चुनौती का रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फस्न सकिनेछ। मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने छ । व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने छ। जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले आफ्नो स्वास्थ्यप्रति बेवास्ता नगर्नु उत्तम हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मुखमा सरस्वतीको बास भएको दिन छ। महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन। विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन। मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिनु उत्तम हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज काम सफल बनाउन धेरै प्रयास गदा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति बिशेष सजगता अपनाउनु आवश्यक देखिन्छ । मातापितासँगको सम्बन्धमा समेत समस्या देखिन सक्छ। साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने अवसर जुट्न सक्नेछ। खर्च बृद्धिको योग छ । आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ नमश्चण्डिकायै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले घरपरिवारका कुरामा बेवास्ता नगर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईलाई समाजमा सम्मानित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय छ । दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक एवं दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कुनै पनि कार्यमा घमण्ड नगर्नु उत्तम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो अवसर छ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ। मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यावसायमा राम्रो समय छ। बोलीवचनमा सुमधुरता आउने छ। आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाई अनावश्यक खानपान बाट जोगिन उत्तम हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। खानपिनका परिकार प्राप्त हुने र भ्रमण, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्नेछ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन तर मन दोधार भएर सहि निर्णय नहुन सक्छ सचेत रहनुहोला ।स्वास्थ्य अनुकूल हुनेछ । परिवार र सहयोगीले साथ दिनेछन। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कार्य गर्दा हडबड र शीघ्रता त्याग गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईले सोचे जस्तो सफलता प्राप्त नहुनसक्छ । नचाहेको क्षेत्रमा अनायासै खर्च बृद्धि हुने सम्भावना देखिन्छ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता र शंका ले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन सक्छ । निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनेछ । सामाजिक काममा मन जाने छैन । व्यापार व्यावसायमा भने जस्तो समय दिन सकिंदैन ।आज तपाईका लागि शुभरङ्ग सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाई ले छिटो रिस नदेखाउनु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज तपाईको मन खुशी रहनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । व्यापार व्यावसायमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने योग छ। लाभदायक यात्राको सम्भावनालाई देखिन्छ । सरकारी काममा सफलता प्राप्त हुनेछ । पठनपाठन का क्षेत्रमा राम्रो हुने देखिन्छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने अवसर प्राप्त हुनेछ । घरपरिवार मा विश्वासको वातावरण बन्नेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, इष्टदेवता सरस्वती माता, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले ठूलाबडा र मान्यजनको बेवास्ता नगर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाइलाई आलस्यता ले सताउन सक्छ । सचेत रहनुहोला । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन छ । व्यवसायिक क्षेत्रमा सामान्य प्रतिफलको योग छ। आम्दानीमा कमी भने आउने छैन । पारिवारिक जीवनमा असमझदारी बढ्ने वा समय दिन नसकिने हुनसक्छ । अभिभावकवग एवं ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । सम्पत्ति सम्बन्धि विवाद हुनसक्छ । नयाँ पेसा र व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्ने देखिन्छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले मान्यजन र पिताका चाहना बुझ्ने प्रयास गर्नु उत्तम हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाईले परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने देखिन्छ। भाग्य स्थानमा चन्द्रमा को गाचर रहने छ। सामाजिक एवं धार्मिक गतिविधिमा मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन। त्यस्तै प्रेम र भाइचारा बाँडने अवसर प्राप्त हुनेछ । मातापिता र मान्यजनको आशीर्वाद प्राप्त हुनेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ कोे सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलतका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग गर्न केहि समय दिनु उत्तम हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज तपाईको बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । चोटपटकको भय हुनेछ अथवा यात्राका क्रममा धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो गल्तीका कारण अपजस ब्यहोर्ने दिन छ,। त्यसैले सावधान र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझ्ने छैनन। आज तपाईका लागि शुभरङ्ग निलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलतका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले चञ्चलता र हडबडीमा नियन्त्रण गर्नु उत्तम हुनेछ।