यस कारण म द भ्वाइस अफ नेपालमा जान सकिन भन्दै भिडियामा आईन एक सुन्दर युवती (भिडियो सहित)

महेश बोहर, गुल्मी

अहिले नेपालमा पनि अन्र्तराष्ट्रिय स्तरका टप रियालिटि सो हरु सञ्चालन भएका छन । आफुसँग प्रतिभा भएकाहरुलाई अहिले दबाएर राख्नुपर्ने अवस्था छैन । भरखर मात्र लोक स्टार, नेपाल आइडल र द भ्वाइस अफ नेपाल सञ्चालन भैरहेका छन । जहाँ नेपालभरबाट गायनमा अब्बल अब्बल प्रतिस्पर्धिको सहभागीता रहेको छ । गुल्मी पनि धेरै कलाकारहरु जन्मिएको जिल्ला हो । जहाँ बम बहादुर कार्की जस्ता कलाकारको जन्म भयो । त्यस्तै अहिले पनि नयाँ नयाँ अनुहारहरु यस क्षेत्रमा देखिन थालेका छन । गुल्मी जिल्लामा अहिलेमात्रै लोक तारा सिजन २ सञ्चालन भएको छ । जसमा धेरै प्रतिस्पर्धी सहभागी थिए । एउटा नाम हो लालुमाया कुवंर पनि । उनले लोक तारामा तृतिय स्थान हासिल गरिन । नेपाल आइडलमा किन सहभागीता जनाउनु भएन भन्ने प्रश्नमा उनले आफुले पहिले स्थानिय स्तरमा सहभागीता जनाउने र बल्ल मात्र ठुलो रियालिटि सो मा जाने बताएकी छिन । यात्रा अनलाईनले उनै लालुमाया कुंवरको साथमा गीतसंगीत सँगै केही रमाइलो कुरा गरेको छ । निकै सुन्दरी कुवरले धेरै मनछुने गीत गाएकी छिन । हेरौ यो रमाईलो भिडियो । यदि तपाईलाई यो भिडियो मन प¥यो भने सेयर गर्न नभुल्नुहोला ।