बिचरा आमा छोराको दर्दानाक अवस्था ,दलित भनेर काम दिएनन् ,मर्न खोज्यौ तर आँट आएन (भिडियो सेयर गर्नुहोला)

झापा । तेह्रथुमको बिकट गाउमा भएको एउटा गरिब परिवार गरिब भएपनी हासी खुशी चलिरहेको थियो । तर एक्कासि दैबको खेल के भयो भयो । आमालाई एक्कासी रोग देखा पर्यो पाठेघरको क्यान्सर । दिनदिनै पेट दुख्दा पनि सहेरै बसिन ती बुढी आमा पैसा नभएर । त्यही ढिलो भएकै कारण उनको पाठेघर राख्नै नमिल्ने भैसकेको रहेछ । अन्ततः पाठेघर काटेर फाल्नु नै पर्यो । गरिब उनिहरुलाइ तीन लाख रिन लाग्यो ।ती पन्ध्र बर्षिय साना भाइले दुख गर्न थाले ट्याक्टरमा बालुवा ढुङा र ठुलाठुला रुखहरु पनि बोक्न थाले ।

ट्याक्टरमा दुख गर्दै हिड्दा रिन बोकेका बालक धेरै कमाउने र रिन तिर्ने सपना देख्न थाले र उनले धेरै मेहेनत गरेर ट्याक्टर कुदाउन सिके । तर बिडम्बना मनमा रिन अब तिर्दै छु भनेर झन दुख गर्दै हिडेका साना भाइलाई नसोचेको भयो । आफैले कुदाएको ट्याक्टर भिरबाट खसेर ट्याक्टरको चक्काले उनलाई नै किच्यो । लामो समयको उपचार सफल नभएपछि अन्ततः उनको खुट्टा नै काट्नुपर्यो । तल भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ कृपया सबैले भिडियो हेर्दिनुहोला अनि धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।