रबि लामिछानेको समर्थन गर्दै नायिका निता ढुंगानाले भनिन’अब चितवनमा आन्दोलन गर्न जान्छु’

पत्रकार रबि लामिछाने पक्राउ परेको बिषयमा नायिका निता ढुंगाना पनि आक्रोशित भएकी छिन। शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । उनको प क्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ ।

एकथरीले रविलाई व्यक्तिगत रिसिईबी साँध्नको लागि फसाउने प्रपञ्च रचिएको र सोहीअनुसार षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घ ट्नाको अनुशन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् । यो प्रकरणलाई लिएर अहिले संसदमा समेत आवाज उठेका छन् । त्यतिमात्रै होईन, यो प्रकरणमा जनमत विभाजित छ । देहत्याग गरेका पत्रकार पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्छ भन्ने आवाज पनि सशक्त बन्दै गएको छ । उता, लामिछानेको परिवारले यो प्रकरणमा रविलाई फसाउन खोजेको दाबी गर्दै आएको छ ।
एता निता भन्छिन रबि फसाउन अनेकौ खेल खेले अब जे पनि हुन्छ,हेरौ यो भिडियो कुराकानी :