नेपाल र नेपालीको लागि आफ्नो ज्यान खुकुरिको धारमा राखे रबि लामिछानेले अब जनताले राख्ने कि नराख्ने? चेलीको आवाज (भिडियो सहित)

सबैले भगवान मानेका रबि लामिछने प्रहरीको नियन्त्रणमा परेपछी देशमा चारैतिर कोलाहल मच्चिरहेको छ । धेरै जना सडकमा उत्रिएर बिरोध गर्ने तयारिमा छन । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

एता रबि लामिछाने नियन्त्रणमा लिए संगै उनकै नजिकको ओकिल स्वागत नेपालले भने रविको टिमलाइ घुमाउरो पाराले प्रहार गरेका छन। एक कठोर पत्रकार माथि कमजोर बनाउन केटि प्रयोग गरि फसाएको भन्दै छानबिनले सत्य के हो सबै देखाउने उनि बताउछन।

त्यस्तै ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने प्रहरीको नियन्त्रणमा परेपछी अर्घाखाची बाट बन्दना क्षेत्रीले आफ्नै रचनामा एउटा मार्मिक गित प्रस्तुत गरेकी छन् । यस मार्मिक रचना र उनको स्वर पक्कै पनि सुनी सके पछी सबैलाई शेयर गर्नु होला भन्दै हेरौ यो भिडियो :