रबि लामिछाने र सालिकरामको बिषयमा बोले रमेश प्रसाई , भिडियोको बारेमा दिए यस्तो कडा जबाफ (भिडियो सहित)

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा सोमवार फेला परेका थिय। एसपी दान बहादुर मल्लले दिनुभयो जानकारी अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो ।

एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे थियो । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।अहिले उनको एक भिडियो सार्बजानिक भएको छ । उक्त भिडियोमा रबि लामिछानेको कारण मैले आत्महत्या गरेको भन्ने कुरा सालिकरामले आफ्नो मोबाइलमा रेकर्ड गरेको देखिएको छ । यो भिडियोलाइ आधार मानेर रमेश प्रसाईले आफना कुराहरु राख्नुभएको छ ।