नृत्य निर्देशक संघ नेपालको स्थापना दिवस तेस्रो राष्ट्रिय नृत्य महोत्सवको रुपमा

काठमाण्डौ । “नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान” भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल D-DAN को स्थापना दिवस “तेस्रो राष्ट्रिय नृत्य महोत्सव” कोन रुपमा भब्यताका साथ सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपालको आयोजना तथा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलको सह-आयोजनामा गत २६ गते आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर सत्यमोहन जोसी प्रेक्षालय जमलमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ रायनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अबिछिन्न रुपमा ५० बर्षभन्दा बढी समय नृत्य बिधामा योगदान गर्नुहुने वरिष्ठ नृत्य गुरुआमा प्राध्यापक श्रीमती बेटि बज्राचार्यलाई D-DAN सम्मानद्वारा सम्मान गरिएको थियो । त्यसै गरी बिस्वमा एक सय २६ घन्टा नाचेर विश्व रेकर्ड राख्दै गिनिज बुकमा आफ्नो नाम लेख्न सफल बन्दना नेपाललाई पनि सम्मान गरिएको थियो ।

“तेस्रो नृत्य महोत्सवको “अवसरमा नेपालमा प्रचलित विभिन्न जातजातिका नृत्य प्रतिस्पर्धा गराईएको थियो भने विभिन्न स्कूलका करिब १५ टिमको सहभागिता थियो ।

उक्त प्रतिस्पर्धामा आफ्नो दमदार प्रस्तुत कौरा नृत्य प्रदर्शन गर्ने टाइम लाइन स्कुल प्रथम, बाल गितान्जली स्कुल द्वितीय, बाल बाटिका स्कुल तृतिय भए । त्यसैगरी तामाङ सेलो नृत्यबाट प्रथम त्रिनेत्र विद्यासदन स्कूल, द्वितीय लिबर्ती स्कूल, तृतिय रिलायन्स स्कूल रहेका छन । थारु नृत्य अन्तर्गत प्रथम गोकर्णेश्वर स्कूल, द्वितीय एम्बिसन एकेडमी स्कूल, र तृतिय टाइम लाइन स्कूल हुन सफल भए। अर्को चर्चित सकेला नृत्य अन्तर्गत प्रथम ब्राइट फ्युचर, द्वितीय पारिजात स्कूल भए । नेवारी नृत्य अन्तर्गत भने प्रथम नवरत्न, द्वितीय होलि गार्डन र तृतिय लिटिल वलड स्कूल भए ।

नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सह-कोषाध्यक्ष एवं कार्यक्रम संयोजक केशव कोइरालाको स्वागत मन्तब्यबाट शुरु भएको र प्रत्येक प्रदेशबाट नब निर्बाचित पदाधिकारी हरुलाई बधाई तथा सम्मान गरिएको कार्यक्रमको संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठको अध्यक्षतामा सन्चालित भएकोन थियो जस्मा कार्यक्रममा लुबिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।