आयो भाइरल गर्ल एलिना चौहानको पहिलो म्युजिक भिडियो “तिम्रो खुशीमा”

 

कभर गीत गाएर भाइरल बनेकी गायिका एलिना चौहानको नयाँ गीत “तिम्रो खुशीमा” म्युजिक भिडियो सहित रिलिज गरिएको छ| “इन्स्टाको फोटो” र “तिम्रो मायाले बाँधेर राख” जस्ता गीतमा उनले गाएको कभर केही समय अघि ट्रेण्डिङमा छाएका थिए।
एलिनाको नयाँ गीत “तिम्रो खुशीमा” खुशी इन्टरटेनमेन्टको प्रस्तुति हो। मेलोडी पक्षलाई बिशेष ध्यान दिइएको यसका गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले यसअघि उप्रेतीद्वारा संगीतवद्व”बरिलै” बोलको गीत निकै मन पराइएको थियो। जसलाई नेपाल आइडल २ बाट चर्चित बनेका कृशल कडेल र मीनराज पौडेलले गाएका थिए।
भिडियो सम्पादनको क्षेत्रमा सक्रिय र स्थापित शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका यस गीतको म्युजिक भिडियोमा नायिका रिचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक भुमिकामा देखिएका छन्। नायिका रिचाको पहिलो चलचित्र “लव यु हमेसा” यतिबेला रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन्।
स्वयं निर्देशक शक्ति प्रज्वलले “तिम्रो खुशीमा” को सम्पादन कलरिङ गरेका हुन् भने यसमा छायांकन नमराज घिमिरेको रहेको छ भने नृत्य निर्देशन प्रबिन थापाको रहेको छ। “तिम्रो खुशीमा” को म्युजिक भिडियो व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो।