धुर्मुस सुन्तलीको फ्लिममा किन अटेनन् पाडे?सुन्तली हिरोईन् बन्ने भएपछि रेखालाई सम्झीईन

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने चर्चा चलेको लामै समय भएपनि यसको घोषणा भने हुन सकेको थिएन । अब, भने यो जोडीले चलचित्र निर्माणको घोषणा गरेको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको नाम ‘सेन्टी भाइरस’ राखिएको छ । चलचित्र बजारमा ‘एन्टी भाइरसदेखि छल कपट’सम्म चर्चामा थियो ।

सामाजिक कथावस्तुमै बन्ने कमेडी जनराको यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ ।
हेरौ उक्त समय गरिएको कुराकानी :