जेन्स सपिङको उत्कृष्ट गन्तब्य सिभिल मलको योङ्कर्स क्लोथिङ

काठमाडौँ, सबैलाई राम्रो, स्मार्ट, ह्यान्डसम बन्ने चाहना हुन्छ अनि सस्तोमा ब्राण्डेड कपडा, जुत्ताहरु लगाउने रहर पनि हुन्छ । जसको लागि सिभिल मलको दोस्रो तल्ला सप न. २२४ मा रहेको योङ्कर्स क्लोथिङ स्टोर्सले सबैको सपना साकार परेको छ । सेलिब्रेटी देखि सर्बसाधारणको भिड हुने उक्त सपमा हरेक ब्रान्डेड सामानमा ५० प्रतिशत सम्म छुटको ब्यबस्था छ । ब्यबसायी श्रीमिला श्रेष्ठ र गौरब कुमार श्रेष्ठले संचालन गरेको योङ्कर्स क्लोथिङ स्टोर्स सबैको आकर्षण तथा रोजाइमा परेको छ । प्राय नेपाली सेलिब्रेटीहरुको रोजाइमा परेको उक्त सपमा जेन्सलाइ चाहिने सम्पूर्ण क्लोथिङ आइटमहरु उपलब्ध छ । जस्तै विभिन्न ब्राण्डका जुत्ताहरु, कपडाहरु, बेल्ट, पर्स, ब्याग देखि लिएर हरेक जेन्स सामानहरु उपलब्ध छन ।

बिगत लामो समय देखि ब्यबसायको अनुभब बटुलेका दम्पतीले ब्रान्डेड सामानहरु सस्तोमा उपलब्ध गराउदै आएका छन् भने सिभिल मलको दोस्रो तल्लामानै डिस्कभर आर्किड नर्सरी समेत संचालन गर्दै आएका छन् । जहाँ घर,अफिस सजावट गर्नको लागि नेचुरल प्लाण्टको बिक्रि गर्दै आएका छन् । बाताबरणलाई स्वच्छ बनाउन, तनाब माइण्डलाइ रिफ्रेश बनाउनको लागि समेत उपयुक्त हुने नेचुरल प्लाण्टहरु उपलब्ध हुने कुरा संचालक श्रीमिला श्रेष्ठले बताइन । उक्त पसलमा प्लाण्टलाइ चाहिने सम्पूर्ण सामग्रीहरु समेत उपलब्ध गराउने गरिएको छ । उक्त नर्सरीको उत्पादन भने लोकन्थली भक्तपुर बाट हुने गरेको छ ।

सिभिल मलको दोश्रो तल्लामा ८०० स्कवायर फिटमा फैलिएको उक्त योङ्कर्स क्लोथिङ स्टोर हेर्दा समेत निकै आकर्षक छ । समाजिक सेवामा समेत सक्रिय दम्पतिले कार्य व्यस्तताको कारण योङ्कर्स क्लोथिङ स्टोर बिक्रीमा समेत राखिएको जानकारी गराएका छन् । उक्त योङ्कर्स क्लोथिङ स्टोरको लागि थप जानकारी तथा बिसेष छुटका साथमा समान खरिद गर्नको लागि ९८४९२१६९२८ मा सम्पर्क गर्न सकिने छ ।