यो कस्तो दलित महिला माथी हसिया प्रहार धारामा ड्रम छोयो भनी ! टाउकोमा लाग्यो आठ ओटा टाँका! ३ महिनासम्म पनि पीडकलाई समातिएन !

सरु सुनार , काठमाडौ – जातिय बिभेदका घटना र यसैबाट सिर्जित अपराध र अपराधी घटनुको सट्टा झनै मौलाउदै गएको देखिन्छ ।

२०६३ जेष्ठ २१ छुवाछूत मुक्त रास्ट्र घोषण र २०६८ को जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऎन २०६८ अहिले संशोधन भएर २०७५ भैसकेको छ । २०७२ को संबिधानले पनि जातीय भेदभाव र छुवाछूतलाई सामाजिक अपराध र कानुनी रूपमा दण्डनिय भनेको छ तर ऎन बनेको ८ बर्ष बितिसक्यो । छुवाछूत मुक्त रास्ट्र घोषणा गरेको

दलित समुदायका माननिन ज्युहरु …

विशेष गरि दलित समुदायका माननीय ज्युहरु आज सदनमा बोल्ने पालो क- कसको छ ? यो घटना सदनमा उठाइदिनुस

दैलेखमा दलित महिला लक्ष्मी बिकलाई धारामा पानी छोइयो भनी राजकुमारी न्यापानेले हसियाले टाउको र शरीर भरी प्रहार गरि टाउकोमा ८ ओटा टाका लगाइएको र ३ महिना नहुदा सम्म अपराधीलाई नपक्डिने प्रसासन र मेलमिलाप गर्न दबाव दिने त्यहाका मुख्यहरुको बारेमा कुरा उठाउनु होस् सबै घटनाको जानकारी र dsp ले के भने प्रमाण सहित म दिन्छु म । यो विषय सदनमा उठाउनुस त्यो अपराधी महिलालाई कस्टडिमा हाल्न म तयार छु दैलेख जान ।
यस्ता घटना घटदा प्रशासनले ३ महिना सम्म अपराधी नपक्डनु कती दुखदायी छ ?? म यो घटनाको निरन्तर फलो गर्ने छु सदनमा पनि पुग्नु पर्यो र सडकमा हामी छौ ….. । लोकतन्त्र हो यो हामी दलित समुदायले अनुभुत गर्न नपाउने ? हामीले भोंट दिएर जिताएका अध्यक्षहरुले यस्ता मुद्दा मिलाउन दबाब दिने? अपराधीलाई सरक्षण गर्ने ?

जातीय छुवाछूत र बिभेदबाट दैलेखमा आज भन्दा पाच बर्ष पहिला छोराले ठूलो जातको केटि बिवाहा गर्दा माइती पक्षले केटाको बुवा सेते दमाईलाई कुटि कुटि मारेको घटना हामीले बिर्सिएको छैनौं … । आफ्नो आड र अहकारबाट अझै पनि पानी छोइएको निहुमा यसरी हाम्रा दिदिबहिनी माथी दिनहु जस्तो मरणासन्न हुनि गरि कुटपिट गर्नु यो अति नै निन्दनीय छ ।

३ महिनासम्म एउटा महिलालाई जसले सानो जात भन्दै मर्ने गरि कुटि उसलाई पक्डन नसक्न्नु र नपक्डनुले जातीय बिभेदका घटनामा प्रशासन कति मौन छ यो चरित्र पनि उदाङ्गो देखिएको छ ।

यो मुद्दा छोडदिन मैले र हामी कसैले पनि छोडनु हुन्न आउनुहोस् सबै जना …/ म दैलेखमा पीडित पक्षसग कुरा गरिरहेकी छु , dsp सग नि कुरा भएको छ सबै आधिकारिक प्रमाण पछि फेरि आउने छु ।
(saru sunar)