बादल मडारिनासाथ मन आत्तिन्छ, आफ्नै घर शत्रु बन्यो ठुलोलुम्पेक बासीका लागी दर्दनाक भिडियो

गुल्मी स् सत्यावती गाउँपालिका(३ सिङदीकी २७ वर्षीया यममाया विश्वकर्माको काखमा ७ महिनाको बच्चा छ। उनको घर गत मंगलबार आएको पहिरोका कारण जोखिममा भएकाले स्थानीय धर्मपुर माध्यमिक विद्यालयमा बास छ। वर्षायामको समयमा पानी धेरै पर्ने गरेको र ७ महिनाको बच्चालाई स्याहार सुसार गर्नुपर्ने समयमा राम्रोसँग बस्ने र न्यानो खालको कपडा नभएको बताइन्।

दिनानुदिन चिसो बढ्दै गएको छ, बच्चाले खोक्न पनि थालेको छ त्यसमाथि न्यानो खालको कपडा पनि छैन यस्तो विपत परेको छ राज्यले यस्तो समयमा पनि केही ख्याल गरेको छैनु उनले दुखेसो पोखिन्। यति मात्रै होइन त्यस स्थानमा शौचालयको पनि उत्तिकै समस्या देखिएको छ। करिब १९८ जना प्रभावित रहेको स्थानमा एउटा मात्रै शौचालय छ, जहाँ पिउने पानीको समेत समस्या भएको छ। यस्तै, अर्की १८ वर्षीया सुष्मा सुनारको काखमा पनि ११ महिनाको बच्चा छ उनलाई पनि यस्तै समस्याले सताएको छ। छोराले खोक्न थालेको छ चिसो सिमेन्टमा बस्नुपर्दछ त्यसमाथि समस्यै समस्या छन् उनले गुनासो गरिन्। हुनुपर्ने जति उपस्थिति देखाएन राज्यले घर पूरै जोखिममा छ विद्यालयमा आएर बस्नुपरेको छ। बच्चालाई समस्या आउने भयो र बिरामीपर्ने चिन्ताले उनलाई सताएको छ। यस समयमा राज्यको जति उपस्थिति हुनुपर्दथ्यो त्यो पाइएन भन्दै दुखेसो गरिन्।

गर्भवती पीडामाथि पीडा यता, स्थानीय २१ वर्षीया यमुना त्रामु गर्भवती छिन् उनलाई यस समयमा पौष्टिक आहाराको आवश्यकता पर्दछ, पौष्टिक आहारा त परै जाओस् उनलाई झन् चिसो र स्वच्छ पिउने पानी नभएकाले सताएको छ। यस समयमा झोलिलो, माछा मासु र फलफूल प्रयाप्त मात्रामा लिनुपर्ने समस्यामा मेसमा पकाएको समान्य दाल भात पनि मुस्किलले मिलेको छ। गर्भवती महिलाका लागि न्यानो र पौष्टिक आहारा पाउनुपर्ने समयमा समस्यै समस्या थपिदिएको दुस्ख सुनाइन्। उनीसँगै २६ वर्षकी तारा त्रामु पनि गर्भवती छिन्। उनलाई यस्तै समस्या र चिसोले सताएको छ। घर पूरै जोखिममा रहेको समयमा सिमेन्टको चिसोमा बास बस्नुपर्ने भएको छ त्यसमाथि शौचालय र पिउने पानीको समस्या रहेको बताइन्। आफूलाई त समस् परे पनि सहुँला पेटमा भएको बच्चालाई पनि झनै समस्या उत्पन्न हुने हो कि भन्ने पीरले भोक निद्रा नै हराइसकेको छु उनले भनिन्।

हेरौ यात्रा अनलाईन टि.भी.ले तयार गरेको यो एक दर्दनाक भिडियो रिपोर्ट