यो बर्षकै धमाकेदार तीज गीत बन्यो देवी घर्ती र बिक्रम रानाको आवाजमा “सीतारा”हेरौ भिडियो

कमल सरगम-काठमाण्डौ नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै प्रतिभासाली गायक बिक्रम रानाको उत्कृष्ट तीज कोशेली सीतारा जोडेको साडी बजारमा आएको छ।केहि समय अगाडी साइलो गीतबाट चर्चामा आएका बिक्रम रानालाई यो गीतमा आवाज भने बहुचर्चित गायिका देवी घर्तीले दिएकी छिन।

नेपाली लोक संगीतका सिखर व्यक्ति बहुचर्चित सर्जक करण न्यौपानेको उत्कृष्ट शब्द र सबैका मनका ढुकढुकी लोक संगीतका साधक एकनारायण भण्डारीको लय रहेको उक्त गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम र आरुषी मगरको रहेको छ।राजेश घिमिरेको छायांकन र प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।गीतलाई एकनारायण भण्डारीको सीतारा म्युजिकले बजारमा ल्याएको छ।भिडियो हेरौ :