विदेश जाने युवालाई ठाडो चुनौती, गाँउमै बसेर लाखौ कमाँउछन गुल्मीका बाबुराम बोहरा (भिडियो सहित)

महेश बोहरा, गुल्मी
गर्न सक्ने हो भने आफ्नै पाखा पखेरामा पनि सुन फलाउन सकिन्छ । देशमा केही भएन भनेर दैनिक १५ सय देखि २ हजार युवा बिदेशी पलायन भैरहेको बेला गुल्मीको चन्द्रकोट गाउंपालिका वडा नम्बर ८ तुराङ्ग किसिकोटका बाबुराम बोहराले भने आँफै मेहनत गरेर सुन्तला खेतिबाटै बार्षिक लाखौंको आम्दानी गदै आएका छन । उनले सुन्तलाबाट आफुले ८÷१० जनाको परिबार समेत पाल्दै आएको बताए । सुन्तला खेति सँगै उनले तरकारी खेति समेत गदै आएका छन । अहिले मात्र गाउँपालिकाको सहयोगमा करिब ६ सय सुन्तलाका बिरुवा र १ सय ५० कागतीको बोट लगाएका छन । हामीले पनि उलको कामलाई सम्मान गदै यो छोटो कुरा गरेका थियौ ।

हेरौ सोही भिडियो ।