रमाइलो तिज कोसेली “रुन बरी लै” हेरौ कति चेलीहरुलाइ रुवाउने हो (भिडियो सहित्)

काठमाण्डौं – नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर नरेन्द्र बस्नेतको तीजको कोसेली “रुन बरी लै” गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

यस अघि पनि नरेन्द्र बस्नेतले पापी घरैमा, चिटिक्कै मलाई सुहायो जस्ता लोकप्रिय गीतहरू सार्वजनिक गरिसकेका छन् । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडूले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा शङ्कर बीसी को निर्देशन रहेको छ भने शङ्कर बिसी र रीना थापा मगरले अभिनय रहेको छ ।

त्यस्तै गरी भिडियोमा मधुर बस्नेतको छायाङ्कन, नवीन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको शृङ्गार रहेको छ । गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

हेरौ रमाइलो तिज कोसेली “रुन बरी लै” भिडियोमा :