गायिका शिलु भट्टराई र खुमन अधिकारीको तीज गीत ‘ल्याप्चे’ हेर्ने हैन त ? (भिडियो सहित)

काठमाडौं ।
नेपाली महिलाहरुको महान चार्ड तीज । तीजमा तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा गायिका शिलु भट्टराई र खुमन अधिकारीको स्वरमा रहेको तिज गीत ‘ल्याप्चे’ सार्वजनिक भएको छ ।

गीतमा गायक खुमन अधिकारीको शब्द र लय सिर्जना रहेको छ । गीतलाई तिर्सना म्युजिकको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । बिनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

आधुनिक श्रीमती र पुरानो सोचका श्रीमान बिचको भिन्नाभिन्नै सोच र रुचिका कारण परेको समस्यालाई कलात्मक रुपमा चित्रण गरिएको यस गीतमा महेन्द्र गौतम र अनु पराजुलीको अभिनय रहेको छ । ‘ल्याप्चे’ गीतको म्यूजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

हेरौ यो मिठो तिजको कोसेली गायिका शिलु भट्टराई र खुमन अधिकारीको स्वरमा रहेको ‘ल्याप्चे’ भिडियो :