छविराज ओझा पछि रेखाले पाईन फेरी नया यात्री,नया चलचित्रमा रेनशाको इन्ट्री,कस्तो होला सहकार्य ?

रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मसबाट बन्ने छैटौं फिल्मलाई रेनशा राई राणाले निर्देशन गर्नेछिन् । शुक्रबार मात्रै रेखा फिल्मस् र रेनशाबिच सम्झौता भएको हो । आज निर्देशक राईको जन्मदिन पनि हो ।

मल्टीस्टारर फिल्मका लागि अभिमन्यू निरवीले स्क्रिप्ट तयार पार्दैछन् । स्क्रिप्टमा काम हुँदै गरेकाले फिल्मको नाम तय भैनसकेको रेखाले बताइन् । ‘कथा अनुसार फिल्मको नाम राखेर स्क्रिप्टको डिमान्ड अनुसार कलाकार छनोट गर्नेछौं’, रेखाले भनिन्, ‘आम दर्शकलाई मन पर्ने फिल्म बनाउँछौं’ । यता जन्मदिनकै दिन नयाँ जिम्मेवारी थप भएको निर्देशक राईले खुसी व्यक्त गरिन् । ‘यो मेरो लागि रेखा फिल्मसको उपहार र जिम्मेवारी हो’, रेनशाले भनिन् ।

करिब एक दशक देखि कोरियोग्राफरको रुपमा काम गरेकी रेनशाले गत वर्ष ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यू गरिन् । रेनशा आइकोर फिल्मसबाट बन्ने नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’को तयारीमा पनि जुटिरहेकी छिन् । रेखाले भने पछिल्लो पटक फिल्म ‘मालिका’ निर्माण, निर्देशन र अभिनय गरेकी थिइन् । रेखा र रेनशाको सहकार्यमा कस्तो फिल्म बन्ला त ?