निर्देशक नव ढुङेल मनको किताबको भिडियो लिएर आए

म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा आधा दसक काटिसकेका नव ढुंगेलको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो ।

मनको किताब भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासको सम्पादन रहेको उक्त भिडियाको अधिकाशं दृष्यहरु सितापाईला स्थित हाउजिङ्ग र ठमेल सोह्रखुट्टे स्थित व्हाईट हाउस बेङ्कोइटमा छायांकन गरिएको हो ।

सुगम संगीत गायन मार्फत दर्शक माझ लोकप्रीय कर्णदासका ठूला ठूला महल होइन, पुरानो डुंगा , आधा सपना लगायतका गीतहरु चर्चित छन् । गाएक कर्णदासले आफ्ना अन्य गितहरु जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनेमा आशाबादी रहेको बताए । यस गितका गीताकार सुवासचन्द्र ढुङेलले आफुले रचना गरेको गीतको शब्द आँफूलाई पनि मनपरेको बताए । उनले शब्दले खोजेको जस्तो भिडियो निर्माण भएको प्रति निर्माता टिमलाई धन्यवाद् दिएका छन् । त्यस्तै यस गितका संगितकार ईन्द्र बेन्जान्कारले दुबै श्रष्टाहरुसँग काम गर्न पाउँदा आफू उत्साहित भएको र गीत र म्यूजिक भिडियोको सबैबाट राम्रो प्रतिकृया पाएको बताए ।
झन्डै एक सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका नव ढुङेलले निर्माण गरेको यस भिडियोलाई दर्शकहरुहरुले कत्तिको माया गर्लान त ?

हेर्नुहोस भिडियो ।