सालको पातकी नायिका मरिष्का आइटम गीतमा रमाउँदै, लुजर्स गीतमा देखिइन् यस्तो (भिडियो)

नायिका मरिष्का पोखरेल आइटम गीतमा रमाउन थालेकी छिन् । केही दिन पहिले फिल्म ‘द डार्क एण्ड लाइट’ को एक आइटम गीतमा अभिनय गरेकी मरिष्का ‘मिस्टर भर्जिन’ फिल्म पश्चात आइटम तिर केन्द्रित हुन थालेकी हुन् ।

‘लुजर्स’ नामक फिल्मको गीतमा उनको आइटम डान्स हेर्न सकिन्छ । जून फिल्मको गीत शनिबार काठमाडौंको चावहिलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । मिना निरौला र तोरेम्पा राईको युगल गायन रहेको ‘यस्तै हो बैशमा’ बोलको गीतमा मरिष्का बोल्ड अवतारमा देखिएकी छिन् । तर गीत सार्वजनिक समारोहमा भने उनी अनुपस्थित रहिन् ।

गोपाल चन्द्र राईको शब्द रचना रहेको गीतमा अदिराम राईको संगीत रहेको छ । अनिल राईको नृत्य निर्देशन रहेको गीतमा बैश र जवानीको कुरा समावेश छन् । नाट्येश्वर फिल्मस् प्रालिको प्रस्तुति चलचित्र ‘लुजर्स’ लाई रमेश बिसुन्केले लेखन तथा निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको चलचित्रलाई विनोद बमले सम्पादन गरेका हुन्