राजतन्त्र फर्कने दावी : सरकारमा सहभागी भएकाहरुलाई नेपाल छाडेर भाग्न देउजाको चेतावनी (भिडियो)

काठमाडौँ: वीर गोर्खाली अभियानका अभियन्ता नगेन्द्र देउजाले राजसंस्था छिट्टै फर्कने भन्दै सरकारमा सहभागी भएकाहरुलाई नेपाल छाडेर भाग्न चेतावनी दिएका छन । कमल थापा नेतृत्वको राप्रपाले राजसंस्था पुनर्स्थापना हुन नदिनको लागि गोलमेच सम्मेलन र जनमतसंग्रहको एजेन्डा अगाडी बढाएर जनतामा भ्रम छरेको आरोप लगाएका छन । राप्रपाले जनताको भावानामा खेली कुठाराघात गरेको भन्दै वीर गोर्खाली अभियानले कुनै पनि हालतमा अब मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने बताएका छन।

सरकारले राजावादीलाई उच्च निगरानी राख्न प्रदेश प्रहरी प्रमुखलाई आदेश दिएको सन्दर्भमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्धीमा राख्न गरेको संघर्षमा छातीमा गोली थाप्न परेपनि आफु तयार रहेको बताएका छन। प्रधानमन्त्रि केपी शर्मा ओलीले राजावादीलाई मुर्ख भनेको बिषयमा बोल्दै देउजा भन्छन, ‘राजाकाे पालामा पटक-पटक सपथ खाने चाँही प्रम केपि ओलि ज्यू हजुर,अनि मुर्ख चाँहि हामी? उनी थप्छन, ‘राजावादी हुनु मुर्खता हो भने म मुर्ख नै सहि तर राजा नफर्केसम्म मुलुकमा भ्रस्टाचार, बेतिथी र विसंगतिले प्रश्रय पाइरहन्छ।’

कट्टर हिन्दुवादी र राजावादी छवि बनाएका देउजाले पूर्वराजा ज्ञानेन्द्रको ट्याटु छातीमा खोपेका छन भने भगवान शिवको ट्याटु पाखुरामा खोपेका छन। पछिल्लो समय भ्रष्टाचार बिरुद्धको अभियान, गुठि बिधेयक बिरुद्धको अभियान लगायत मुलुकमा बिद्यमान विभिन्न विकृतिबिरुद्ध समेत उनले आवाज उठाउदै आएका छन। मुलुकमा बिद्यमान बेतिथी र विसंगतिबिरुद्धको विभिन्न कार्यक्रममा सहभागी हुँदा आफुलाई भाडाका टट्टू र भिजिलान्ते भनि सम्बोधन गरिदा दुख लाग्ने गरेको उनले गुनासो गरेका छन। उनी भावुक हुँदै भन्छन, ‘के राजावादीलाई चाहिं देशको चिन्ता हुदैन र ? भ्रष्टाचार बिरुद्ध वीर गोर्खाली अभियानको एक्यैबद्धताले आगामी दिनमा पनि निरन्तरता पाउनेछ ।

फरक प्रसंगमा आइफा अवार्ड नेपालमा आयोजना गर्न लागेकोमा बिरोध गर्दै उनले अवार्डमा खर्च हुने १ अर्व रकम गरिब जनातामा बाड्न सरकारलाई सुझाव दिएका छन। असारको महिनामा गाउँघरमा मलखाद नपाएर किशानहरु रोईकराई गरिरहेका छन, जे कुरामा पनि कर लगाएर जनतालाई नेकपाको सरकारले सताइरहेको उनले बताएका छन। उनी भन्छन, ‘अहिलेको नेकपाको दुई तिहाइको सरकारले जुन दम्भका साथ जनतालाई सास्ती दिइरहेको छ अब यो सरकार जनताले नै ढाल्ने बेला आइसकेको छ।’

वीर गोर्खाली अभियानले आगामी २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा विविध कार्यक्रम गरि मनाउने देउजाले जानकारी दिएका छन। पुर्व राजा रानीको तश्विर सहितको १०० वटा टि-शर्ट समेत वीर गोर्खालीले बाड्ने उनले बताएका छन।

हेर्नुस भिडियो

पहिलो पटक गलबन्दीमा बेहुला बेहुली नाचे, अचम्मै भयो !