कुनैपनि हालतमा सलमान, शाहरुखलाई नेपाल आउन नदिने भए कलाकार, माग्ने बुढा देखि चेतनसम्मको बिरोध

सरकारले चाहिँ पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले फाइदा पुग्ने बताएको छ । पर्यटन बोर्डका अधिकारीहरु यो अवार्ड नेपालमा आयोजना हुनु ठूलो अवसर भएको र यस्तो अवसर ५० वर्षमा पनि नआउने दाबी गर्छन् ।

तर, कलाकारहरु सरकारी दाबीसँग सहमत छैनन् । सरकारले स्वदेशी कलाकारहरुलाई आफ्नो निर्णयमा ‘कन्भिन्स’ गराउन सकेको छैन ।

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आफ्नै पारामा प्रतिक्रिया दिए, ‘यो त आफ्नो घरकी श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो !’

यसै सन्दर्भमा हामीले कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, जितु नेपाल र केदार घिमिरेसँग छोटो प्रतिक्रिया लिएका छौं ।