आफ्नो समुदायलाई परिभाषित गर्ने नाम ढुक्कले लेखौ न अनि कसले भन्छ अछुत, सानो जात ? सरु सुनार

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ ‘आफ्नो समुदायलाई परिभाषित गर्ने नाम ढुक्कले लेखौ न अनि कसले भन्छ अछुत, सानो जात?’ उनले भनेकी छन्।

फेसबुक स्टाटस जस्ताको तस्तै!

आफ्नो समुदायलाई परिभाषित गर्ने नाम ढुक्कले लेखौ न अनि कसले भन्छ अछुत, सानो जात,? मित्रहरु आफ्नो समुदायको थर लेख्न लजाएर , लुकाएर अगाडी बढदाको परिणाम हो कि ? त जातीय गाली सुन्नु परेको ?

बिसि , केसि , सपूत , सानू ,… यस्ता नामले चिनिदा खोजी खोजी जातीय दृष्टिले हेर्न र हेप्न थाले। कुलेन्द्र बिक , राजु परियार , शिव परियार , रिमा बिश्वकर्मा छन् त तर जात लुकाउनेहरु जति रुन परेको छैन। मलाई दुख छ कुनै ब्यक्तिसंग जोडि सिङ्गो समुदायलाई गाली गर्ने केही सामाजिक संजालका भाइरसहरु देखि तिनिहरुलाइ ढिलो चाडो कानुनी दायरामा ल्याइन्छ नै । समाजसेवी भन्ने देखि फेस लुकाउनेहरुले अहिले यसरी जातीय गाली सिङ्गो समुदायलाई गरेका छन् ।

तर कलाकार र आफू भित्र क्षमता हुनिहरु आफ्नो परिचय सहित अगाडी बढेका छन् क्यारे। अब त केही सिक्ने कि ? आफ्नो समुदाय भन्दा ठुलो कोहि र केही हुदैन। परेको बेला सहयोग र साथ दिने पनि आफ्नै समुदाय हो , दुख्ने मन पनि आफ्नै समुदायको हो। अब खुलौ साथी हो। आफ्नो कला , सीप र समुदायको इमान्दारीमा गर्व गरौं आखिर जति टाइटल लेखे पनि पत्ता लागिहाल्दो रैछ। तपाईंहरु समाजको ऎना पनि हो त्यसैले आफ्नो परिचय ढुक्कले दिएर अगाडि बढौ।

धन्यवाद सरु सुनार

यो भिडियो पनि हेर्नुहोला : त सानो जात भनेर Galbandhi गायकलाई हेप्न खोज्दा सरु उत्रिन ज्वाला बनेर!