ढिला भयो कडा भयो, वडा कार्यालयमा तालाबन्दी गर्दा यस्तो सम्म भयो । (भिडियोमा हेर्नुहोस)

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा निर्माणधिन कवाडी सङ्गकलन प्रशोधन केन्द्रको बिरोधमा वडा कार्यालयमा तालाबन्दी गरेको छ । यस अघि बुढीचौर डम्पिङ्ग साईट हटाउ अभियान संघर्ष समितिले रेसुङ्गा नगरपालिका वडा नम्बर ८ र ९ को वडा कार्यालय र रेसुङ्गा नगरपालिकालाई बिरोध पत्र बुझाए थियो ।

उनिहरुले उक्त स्थानमा डम्पिङ्ग साईट राख्दा फोहोर हुने भएकाले नराख्न आग्रह गरेका थिए । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले यो डम्पिङ्ग साईट नभई कवाडी संकलन प्रशोधन केन्द्र भएकोले उहाँहरुले भनेको जस्तो फोहोरो नहुने बताउनु भयो । तर उनिहले अनिश्चितकालिन तालाबन्दी गरेका छन । थुप्रै समूहमा आएका स्थानियहरुले ताला लगाएका हुन । यता वडाध्यक्षले भने राजनितिक प्रतिशोतका कारण बिरोद्ध भएका बताएका छन ।  रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले भने आफु सधै भरि मेयर नहुने भएकाले राम्रो काम गर्न खोजेकाले बिकाका राम्रा काममा खाली बिरोधका लागीमात्र बिरोध नगर्न आग्रह गर्नुभएको थियो ।

हेरौ उक्त दिन भएको घटनाको यो भिडियो ।