उपचारकाे लागी विदेश जानु नपर्ने, ब्लू क्रसले भित्र्यायाे नयाँ प्रविधि

असार, काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेकाे ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ ।

त्यस हस्पिटलले केहि समय अगाडी रोश कम्पनीको ईमुनोलोजि सम्बन्धका सम्पूर्ण परिक्षण गर्ने मेसिन जडान गरी सेवा बिस्तार गरेकोमा हाल पुन BACTEC प्रविधिबाट AUTOMATED BLOOD CULTURE SYSTEM को समेत संचालन गरी आफ्नो सेवामा पुन एक खुड्किलो माथी चढेको छ ।

ब्लु क्रस हस्पिटलले समय सापेक्ष विभिन्न थप अत्याधुनिक मेशिन जडान गरी आफ्ने सेवा विस्तार गर्ने अभियान चलाएकाे छ ।

हाल विभन्न अस्पतालहरूमा न्युराे सम्वन्धि अत्याधुनिक उपकरणकाे कमि भएकाे कारण विशेषज्ञ डाक्टरहरू उपलब्ध हुँदा हुँदै बिदेशमा सर्जरी गर्न माइक्राेसकाेप भित्राइ जटिल सर्जरीहरू सहज रूपमा गर्न सकिने वातावरणकाे सृजना गराएकाे छ ।

जेठ ३१ गते ब्लू क्रस हस्पिटलले एक कार्यक्रम आयाेजना गरि मेसिनकाे सहायताबाट न्युराे विशेषज्ञ डाक्टरहरू नाक, कान, घाँटी बिशेषज्ञ डाक्टरहरू तथा अर्थाेपेडिक डाक्टरहरूलाइ जटिल सर्जरीहरू सहज रूपमा गर्न धेरै हद सम्म सुविधा रहने यस हस्पिटलका संचालक समितिका सदस्य सचिव रजत श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा विभिन्न विधाका करिव एक सय भन्दा बढि कन्सल्ट्यान्ट डाक्टरहरूकाे उपस्थिति रहेकाे थियाे भने हस्पिटलका प्रशासकिय तथा लेखा प्रबन्धक सती देवी गाैतमले कार्यक्रम उपलब्धिमुलक रहेकाे जानकारी दिइन ।

साथै आउने दिनहरुमा समेत बिरामीहरुलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक उपकरणहरुको विस्तार गरिदै जाने समेत उनले जानकारी दिए ।