धर्मले निम्न लिखित तरिकाले पीडा कमजोर बनाइ केहि नगर्ने आज्ञा दिदै इश्वर माथि बिस्वास र निष्ठा गर्न लगाउछन्

धर्म
सस्कृत भाषाको ” ध्री” धातु बाट आएको धर्मको अर्थ धारणा गर्नु वा ग्रहण गर्नु हो सिन्धु घाँटीको सभ्यतामा बिभिन्न ऋषिहरुको चिन्तन बाट आएको सबैभन्दा पुरानो हिन्दु घर्म मानिन्छ कुनै चालचलन सस्कार रितिरिवाज आदि मान्यताको अवलम्बन गर्नु नै धर्म हो बिभिन्न समुदाय वा सम्प्रदाय पिच्छे फरक धर्म हुन्छ।

नेपाल धार्मिक सास्कृतिक बिबिधता युक्त देश हुनाले यहाँ हिन्दु बौद्ध र इस्लाम आदि धर्म मान्ने मानिसहरुको बाहुल्यता पाइन्छ भने हिन्दु बौद्ध मुस्लिम किरात क्रिस्टियन र जैन धर्म मान्ने मानिसहरु पनि नेपालमा छन् भने संसारमा हाल प्रचलनमा रहेका प्रमुख तथा त्यसका अनुयायी संख्याहरु क्रिस्टियन धर्म – २ , १ अरब , इस्लाम धर्म १ , ३ अरब , धर्म बिहिन १ . १ अरब ; हिन्दु धर्म ९० अर्व ; चिनिया धर्म ३९४ करोड , बौद्ध धर्म ३९४ करोड ‘ शिख धर्म २३ करोड , यहुदी धर्म १४ करोड ; बहाई धर्म ७ करोड ‘ जैन धर्म ४ , २ करोड ‘ शिन्थो धर्म ४ करोड र फारसी धर्म २ , ६ करोड तथ्यांकअनुसार रहेको पाइन्छन् यी सबै धर्म भन्दा पुरानो हिन्दु धर्म पाच हजार बर्ष पुरानो रहेको इतिहास छ सबै धर्मले आफूलाई सक्षम मान्दैनन र आत्म समर्पण गर्न लगाउछन् ।

बैज्ञानिक अनुसन्धानमा अंकुश लगाउन र चिन्तनको स्वतन्त्र प्रबृत्तिलाइ दमन गर्न सम्पन्न बर्गले धर्मको साहारा लिएको हो धर्म सामाजिक समस्या हो किनकि यसले गरिबी शोसर्णबाट हुने कष्ट सहने शक्ति दिन्छ तसर्थ यी धर्म बाट मुक्त नभईकन अन्याय र शोसर्णबाट मुक्त हुन सकिन्न।

धर्मले निम्न लिखित तरिकाले पीडा कमजोर बनाइ केहि नगर्ने आज्ञा दिदै इश्वर माथि बिस्वास र निष्ठा गर्न लगाउछन्
i) अर्को जनममा फल प्राप्त गर्ने आशाले अत्याचार सहने
ii) मृतु पछी स्वर्ग गएर परमानन्द उपयोग गर्ने
iii) इश्वरले अवतार लिएर कारबाही गरिदिने हुनाले आफुले केहि गर्न नपर्ने आसामा बाधिने
iv) वर्तमान व्यवस्था परिबर्तन नहुने हुनाले पुर्व जन्मको फल भनेर संघर्ष नगर्ने र सम्झौता गर्न लगाउने
v) शोषकहरुलाई अन्धबिस्वासको आधारमा न्यायचित साबित गर्दै सम्पन्न बर्गीय स्वार्थ जोगाउन तल्लिन बनाउने यसै कारणले समाजका र प्रकृतिका नियम बुझ्न नसकेर अर्को लोकको कल्पना गर्न बिबस र बाध्य भएको व्यवस्था बाट शासक बर्गले धार्मिक भावनालाइ शोसर्ण र दमनको औजारको रुपमा प्रयोग गर्दछ सृश्ती कर्तालाई इष्ट बनाउन पण्डित या पुजारीले व्यक्ति देवता र प्राकृतिक शक्ति मध्यस्तता कर्ता भएर थप शोसर्ण गर्न लाग्यो मानिसलाइ आफ्नो बारे जानकारी नभए पछी धार्मिक भ्रमको शिकार बन्छ र आफ्नो बुध्दि विवेकको प्रयोग गर्न थाले पछी धर्मको बिरोधि हुन्छ।

धर्म वर्गहरुको विकास र बिरोधि बर्गका बिरुद्ध संघर्ष गर्न गरिने संगठित प्रयन्तमा भ्रम उत्पादन गर्ने अभिव्यक्ति भएकाले मार्क्सले जनताको लागि धर्मलाइ अफिम र लेनिनले आत्मिक मदिरा भनेका छन् बर्ग बिहिन समाजका लागि गरिने संघर्ष सबै धर्मका बिरुद्धको संघर्ष भएकाले कम्युनिष्टहरुले वर्तमान समाजको विरोधीको रुपमा आफ्नो अस्तित्व बचाउनु पर्छ।

कल्पना पौडेल ‘जिज्ञासु ‘
गैडाकोट नवलपरासी