धुर्मुस सुन्तलीको महान काममा डोजर लगाउने अपराधीलाई सुरेन्द्र केसीले मागे यस्तो कानुन,यस्तो थियो अघिल्लो दिननै प्लान!

१६ जेठ, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई सरकारले तत्काल कारबाही गर्नु पर्ने माग राखेका छन।मिडियामा कुराकानी गर्दै उनले भने ‘त्यो अपराधी हो अरुको काममा आँखा लगाउने अपराधीलाई हदै सम्मको कारबाही हुनु पर्छ’।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

धुर्मस-सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।