गिनिज बुक रेकर्ड होल्डर पेम्बा स्वेताश्री फाउण्डेशनको ध्वजा लिएर सगरमाथाको चुचुरोमा

‘स्पीड क्लाइम्बर’को रुपमा ‘गिनिज’ बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाको अगुवाईमा चीन र भारतका १० सदस्यिय आरोहण टोलिले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको तस्विर अंकित टि सर्ट पहिरिएर गत जेठ ८ गते स्वेताश्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराएका छन् ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मिल्ने साथी भएको बताउँदै आरोही पेम्बा दोर्जेले आफ्नो साथीको नाममा स्थापित संस्थाले सामाजिक बिकासको क्षेत्रमा निक्कै राम्रो काम गरिरहेकोले सो कामलाई हौसला प्रदान गर्न आफूले उक्त संस्थाको नाम सगरमाथाको चुचुरो पुर्‍याएको बताए । “हामी राम्रो काम गर्नेलाई हौसला दिनुभन्दा हत्तोसाहित गर्न तत्पर रहन्छौं । स्वर्गिय श्रीकृष्णकी पत्नी स्वेता खड्काले माझी बस्ती बनाएर सरकारले गर्नु पर्ने कामलाई आफूले अंगालेकी छिन् ।” – उनले भने । 

काठमाडौं, १६ जेठ । ‘स्पीड क्लाइम्बर’को रुपमा ‘गिनिज’ बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले स्वेताश्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराएका छन् ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको तस्विर अंकित टि सर्ट पहिरिएर गत जेठ ८ गते पेम्बा दोर्जे शेर्पाको अगुवाईमा चीन र भारतका १० सदस्यिय आरोहण टोलिले सगरमाथाको चुचुरोमा स्वेताश्री फाउण्डेशनको संस्थागत ध्वजा फहराएको हो ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मिल्ने साथी भएको बताउँदै आरोही पेम्बा दोर्जेले आफ्नो साथीको नाममा स्थापित संस्थाले सामाजिक बिकासको क्षेत्रमा निक्कै राम्रो काम गरिरहेकोले सो कामलाई हौसला प्रदान गर्न आफूले उक्त संस्थाको नाम सगरमाथाको चुचुरो पुर्‍याएको बताए ।

“हामी राम्रो काम गर्नेलाई हौसला दिनुभन्दा हत्तोसाहित गर्न तत्पर रहन्छौं ‘ उनले भने ” स्वर्गिय श्रीकृष्णकी पत्नी स्वेता खड्काले माझी बस्ती बनाएर सरकारले गर्नु पर्ने कामलाई आफूले अंगालेकी छिन् ।

एउटी नारीले नमूना बस्ती बनाउन जुन किसिमको हिम्मत गरिन त्यो हिम्मतलाई हामीले कदर गर्नुपर्छ, उनकै हिम्मतको कदर गर्दै मैले सो संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पुर्‍यएको हुँ । “

सामाजिक काम गर्नु भनेको हिमाल चढ्ने कामभन्दा पनि कठिन भएको बताउँदै आरोही शेर्पाले हिमाल चढ्दा खुट्टा तान्नेहरुको संख्या कम हुने तर सामाजिक काममा खुट्टा तान्नेहरु धेरै हुने भएकोले नायिका स्वेता खड्काले हिमाल चढ्नेभन्दा पनि कठिन काम गरिरहेको बताउंदै सबै क्षेत्रबाट नायिका खड्कालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

“बरु सगरमाथाको बाटोमा ढुङ्गाहरु पन्छाएर हिंड्न सजिलो छ, तर खुट्टा तान्ने र कुरा काट्नेहरुलाई पाखा लगाएर सामाजिक काम गर्न गार्‍हो छ ।” नायिका खड्काको प्रशंसा गर्दै उनले भने ” स्वेताले यही कठिन काम गरिरहेकी छिन्, जस्लाई हामीले तारिफ गर्नुपर्छ र हौसला प्रदान गर्नुपर्छ। “

नायक श्रेष्ठको निधन हुँदा आफू बिदेशमा रहेको र प्रत्यक्ष रुपमा श्रद्धान्जली दिन नपाएकोमा आफूलाई ग्लानी महसूस भएको बताउँदै आरोही शेर्पाले आफ्नो हितैशी मित्रको स्‍मृतिमा स्थापित स्वेताश्री फाउण्डेशणको नामलाई संसारकै अग्लो शिखरमा पुर्‍याउन पाउँदा गर्वको महसूस भएको बताए ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको स्‍मृतिमा नायिका स्वेता खड्काले स्थापना गरेको श्वेता श्री फाउण्डेशनले यतिखेर सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका वार्ड न १४ का ५३ घर भूकम्प पिंडित माझी परिवारको लागि एकिकृत बस्ती निर्माण गरिरहेको छ ।

हाल सम्म ५३ वटा घरहरु निर्माण गरिसकेको सो फाउण्डेशनले अन्य भौतिक पूर्वाधारहरु जस्तै सामुदायिक भवन, बाल बगैंचा, स्वास्थ्य चौकी, रोड, नाला, वाटर फाउन्टेन लगाएतका अन्य संरचनाहरु निर्माण गर्न योजना अनुरुप आवश्यक आर्थिक सहयोग संकलनको अभियानमा जुटी रहेकोछ ।