चर्चित गायक रामजी खाडले खेले बिक्रम परियारले गाएको गीत ‘चौतारीको बर’मा भिडियो

लोक संगित क्षेत्रमा प्रतिस्प्रधत्मक परिक्षा चलिरहेको समयमा उत्रिण संख्याको प्रतिफल जुन आकारको भएता पनि परिक्षाथिहरुको घुइँचो भने ठुलो आयतनमा पाईन्छ| एक पछि अर्को क्रमबद्द रुपमा सार्बजनिक गरिएका लोक गीतले फरक फरक किसिमको धार बोकेता पनि कलाकारहरुको गुणस्तरिय क्षमता र प्रतिभाको मापन भने पक्कै देखिएको छ| प्रतिभाशाली गायक गायिकाहरुको सांगेतिक माध्यम जे जस्तो र जुन भए पनि उचित प्रतिभाशाली र क्षमावान् कलाकारहरुको कदर र सम्मानमा कुनै कमि पाईदैन| पछिल्लो समयलाई पारदर्शी दृष्टिकोणबाट मुल्यांकन गर्नु पर्दा लोकगीत क्षेत्रमा अत्यधिक सबल देखिएका छन नबकलाकार बिक्रम परियार| अत्यन्त मिजास र अनुशासित आचरण भएका बिक्रम एक प्रतिभावान् र क्षमावान् ब्यक्ति हुन| उनको मिठास आवाजका पारखिहरुको भिड पनि उत्तिकै छ्न यतिबेला| ईमेज लोक दोहोरी बाट लोक संगितमा पाईला टेकेका उनले लगभग दर्जन गित गायिसकेका छ्न|

उनै लोकप्रिय गायक तथा मोडल बिक्रम परियार र सुमित्रा तामाङको सयुक्त आवाजमा निकैनै उत्कृष्ट गीत “चौतारिको बर” बोलको नयां कोसेलि चर्चित संगितकार बसन्त थापाको युटुब च्यानल द्वारा सार्बजनिक भएको छ| उनै चर्चित संगितकार बसन्त थापाको बेजोड संगित रहेको उक्त सृजनामा प्रख्यात सर्जक नकुल ढकालको उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगित संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ| निर्देशक मौसम हिमालिको निर्देशनमा तयार पारिएको भिडियोमा बहुचर्चित गायक तथा मोडल रामजि खाण, सम्पदा बानियां र बसन्त थापाले मुख्य भुमिका निर्बाह गरेका छ्न| बिपि फिलिम्सको ब्यानरमा बजार ब्यबस्थापन गरिएको “चौतारिको बर” ले कत्तिको बजार तताउछ र आम दर्सकको रुचाईमा कस्तो प्रभाब पार्छ त्यो भने हेर्नै बाकि छ|