Exclusive News पाँचथर हत्याकाण्डः ‘डिभोर्स’का कारण ज्वाइँले गरे नौजनाको हत्यापछि आत्महत्या (भिडियो सहित)

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरी अधिकारीले भने, ‘‘मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो रहेनछ । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोँकमा उनले सबैको हत्या गरेका हुनसक्छन् ।’’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
भिडियो