गीतकार दिलीप योन्जन तामाङको अनुराग र अबिरल बिमोचित

वरिष्ठ गीतकार किरण खरेल ज्यूको प्रमुख आतिथ्यतामा, बरिष्ठ संगीतकार शक्ति बल्लभ, साहित्यकार डाक्टर रेनुका सोलु , साहित्यकार ठाकुर शर्मा, रामप्रसाद पन्त बिशेष आतिथ्यतामा दिलिप योन्जन तामाङ ज्युको मुक्तक संग्रह ‘अबिरल’ र एल्बम ‘अनुराग’ आज प्रज्ञा प्रतिष्ठानमा बिमोचन भएको छ । गीतिसंग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ भने , राजेश पायल राई, सन्तोष लामा र श्रेयसी चेम्जोङ लिम्बु को स्वर रहेको छ ।

यस गीतिसंग्रहलाई बिन्दवासिनी म्युजिक प्रा लि ले बजारमा ल्याएको छ । सोही एल्बममा रहेको “गोधुलीमा उनीलाई भेट्दा परी जस्तै लाग्यो ” बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो जस्मा स्वर सन्तोष लामाको रहेको छ, गीतमा श्रृष्टि खड्का र गम्भीर बिष्टले अभिनय कौशल देखाउनु भएको छ भने, यस भिडियो लाई उत्सव दाहालले आफ्नो क्यामेरामा कैद गरेका छन् र दिपक बिष्टले यसको सम्पादन गरेका छन र गम्भीर बिष्टले आफ्नो निर्देशकीय क्षमता प्रस्ततु गरेका छन्। गीतकार तामाङ लाई सांगीतिक यात्राको निरन्तरताको लागि शुभकामना र नयाँ कृतिहरूको लागि हार्दिक बधाई ।