सालको पात पछि नायिका मरिस्का पोख्रेलले खेलेको बिष्णु माझिको “सारै मन अत्याउने”युटुबमा भाइरल (भिडियो सहित)

पछिल्लो समय नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा एका-एक चल्न थालेको छ, बजारमा दिनहुँ नयाँ-नयाँ उत्कृष्ट गीतहरु आई रहेका छन्।

यसै बिच शुक्रवार पनि एउटा उत्कृष्ट गीत बजारमा आएको छ,गीतमा चर्चित गायीका बिष्णु माझी र बिक्रम मल्लको समधुर स्वर रहेको छ,गीतको शब्द शृजना पछिल्लो समयका चर्चित शर्जक प्रदिप अधिकारीले गरेका हुन् भने लय शृजना धुर्व राज धिताल ले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा “सालको पातको टपरी”गीत बाट एकाएक चर्चामा आएकी नायिका मरिस्का पोख्रेल र बिनोद न्यौपानेले अभिनय गरेका छन,बिनोद र मरिष्का दुबै नेपाली चलचित्र क्षेत्रका कलाकार हुन,बिनोदले “शु श्रि सम्पती” “कोहलपुर एकसप्रेस”लगायतका चलचित्रमा काम गरि सकेका छन भने मरिस्का ले पनी ‘के म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी थिईन उनी अभिनित दोश्रो चलचित्र ‘चपली हाइट २’ ले राम्रै सफलता पायो।

गीतको म्युजिक भिडियो निर्देशन दिपेन्द्र तिमिल्सिनाले गरेका हुन,छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन्। हेर्नुहोस भिडियो//