रीना प्रकरण: तीन जनाको बयानमा शंका लागेपछि प्रहरीले गर्यो पोलिग्राफ जांच , को थिए तीन जना ? (भिडियो सहित)

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रीना बस्नेतको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका एक र शंकास्पद देखिएका अन्य दुई जनाको पोलिग्राफ जाच गराइएको हो । वैशाख ७ गते शनिबार डेराअगाडि मृत अवस्थामा फेला परेकी रीनाको हत्या भएको आशंकामा प्रहरीले उनका प्रेमी कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तीनजनाको बयानमा शंका लागेपछि पोलिग्राफ जाँच गरिएको हो । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले एक साताअघि रीनाका प्रेमी भनिएका कमललाई नियन्त्रणमा लिएको थियो । रीनासँगको सम्बन्धबारे जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमान्लाई जुत्ताको माला र कालोमोसो दलेर पथरी घुमाउने बताएकी कमलकी श्रीमती मनिताको समेत पोलिग्राफ जाँच गरिएको बताइएको छ । भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।