मोडल खेम गुरुङ,सरिश्मा रामजाली र निर आलेले मौलिक गीतमा कम्मर मच्काए

नेपाली मैलिक गीतको पछिल्लो समय खडेरी छ भन्नेहरुको लागि भने फेरी ढुगा हानेका छन कलाकार टिमहरुले।लोकप्रिय गायक तथा सर्जक युवराज मगरको उत्कृष्ट संगीत र प्रसाद खाप्तरी मगरको शब्दमा तयार भएको मौलिक सालैजो गीत’कुवाको पानी’बजारमा आएको छ।

गीतमा लोकप्रिय गायिका देवी घर्ती मगर र होम पुन मगरको रहेको छ।होम पुन मगरकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको भिडियोमा अभिनय भने खेम गुरुङ र निर आले मगर संगै सरिश्मा रामजाली मगरको रहेको छ।गीतको भिडियो निर्देशन बिक्रम चौहानको रहेको छ भने क्यामरामा प्रकाश खड्का रहेका छन।मिलन बिक को सम्पादन रहेको भिडियो चर्चामा रहेको छ।गीतमा कोरस आवाज भने देवी घर्ति,सुष्मिता घर्ती ,प्रसाद खाप्तरी र युवराज मगरको रहेको छ।
भिडियो हेरौ: