“द वोइस अफ नेपाल” को कार्यक्रम मेलबर्न र तास्मानियामा हुँदै

नेपालको लोकप्रिय टेलिभिजन शो “द वोइस अफ नेपाल” अस्ट्रेलियाको होबर्टमा यही मे २४ शुक्रबार हुँदैछ । यस कार्यक्रममा उत्कृस्ट ६ जना सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्री तथा श्रीया राईको दमदार प्रस्तुति रहनेछ भने यस कार्यक्रमको संचालकको भूमिका नेपाल आइडल सिजन १ एबं द वोइस अफ नेपालका होस्ट सुशील नेपालद्वारा हुनेछ ।

Generations Media and Entertainment र Xplore Events को संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमको तयारी तिब्रताको साथ अगाडी बढिरहेको जानकारी “द वोइस अफ नेपाल” अस्ट्रेलिया २०१९ टुर, तास्मनियाका Event Coordinator संदेश मुजोले दिए ।

“द वोइस अफ नेपाल” अस्ट्रेलिया २०१९ टुर, तास्मनियाका Event Manager राकेश शाक्यले यस event लाई BMW Educational Consultancy र MirMire Nepali Taste को प्रस्तुति रहेको जानकारी दिएका छन ।

कार्यकर्म मे २४ शुक्रबार को दिन साझ ६ बजेदेखि Citywide Baptist Church, 400 Cambridge Road, Mornington, TAS 7018 मा हुनेछ ।

कार्यक्रमको अर्ली बर्ड टिकेट खुल्ला गरिएको जुन १५ डलरमा उपलब्ध गर्न सकिने आयोजकका तर्फ़बाट राकेश शाक्यले जानकारी दिए ।

थप जानकारीको लागि फोन तथा इमेलबाट कार्यक्रम आयोजकलाई सम्पर्क गर्न सकिन्छ।

संदेश ०४१४ ६११ ६५५ बादल ०४५० ४५० ७२७ कबिन ०४०६ ६६६ ८८२ राकेश ०४५२ २४१ ३८६ बिदुर ०४२६ ८२० ३५२