भूपू प्रेमीकहाँ जागिर खोज्दै पुगिन श्रीया, प्रेमीले गरिदिए यस्तो (भिडियो)

श्रीयालाई जागिरको खाँचो छ । कुनै पत्रिकामा उनी अन्तरवार्ताको लागी छनोट भएको सूचना देख्छिन् र अन्तरवार्ताको लागी सम्बन्धीत कार्यालय जान्छिन् । अन्तरवार्ता दिने व्यक्ति अरु कोही नभएर उनको पूर्व प्रेमी हुन्छन्, अब श्रीयालाई समस्या पर्छ, जाउँ की बसम् । डकुमेण्ट नदिउँ भने जागिरको खाँचो छ, दिउँ भने पूर्व प्रमीको अनुहार हेर्नु छैन, उनी दोधारमा पर्छिन् । यहि बिषयलाई आधार मानेर गायक भुवन आचार्यको मेरो सामु गीतको म्यूजिक भिडियो बनेको छ । गीतको शब्द श्याम लम्साल हो भने प्रकाश नेपालीले यसमा संगीत भर्ने काम गरेका छन् । फलानो क्रियशनले गीतको म्यूजिक भिडियो बनाएको हो । श्रीया दुलाल, राम रामदाम र पुरुषोत्तम भारतीको अभिनय रहेको म्यूजिक भिडियोलाई सरोज अधिकारीले खिचेका हुन् भने सुबास अम्गाईले निर्देशन तथा सम्पादन गरेका हुन् ।