कठै यी बृद्ध आमा बुबाको काहाली लाग्दो अवस्था , सबैको आँखा बाट आँशु झर्ने मार्मिक दृश्य (भिडियो सहित)

दमक झापा । यो एउटा बृद्ध आमा बुबाको अत्यन्तै मार्मिक भिडियो हो । मोरङ जिल्लाको बर्गाछिमा यी बृद्ध आमा बुबा बस्ने गर्छन । शारीरिक रुपमा दुवै जना असक्त छन्।बृद्ध बुबा हिडदुल गर्न सक्नुहुन्न भने आमा दुवै कान सुन्न सक्नुहुन्न । घर भित्रको अवस्था हेर्दा एकदम दयनीय देखिन्छ । लग भग ८०/८५ बर्ष उमेर रहेका बृद्धहरु लामो समय बाट त्यो ठाउमा बस्दै आएका रहेछन ।

न्यानो अभियान र सहयोगीहरुको पहलमा बस्ने घर बनाईएको रहेछ भने उक्त घर भएको जग्गा एक सहयोगी मन भएका व्यक्तिले आजिबन दिएका रहेछन । करिब रातको ८ बजे हामी त्यो ठाउँमा पुग्दा एकदम दुखद अवस्था देखियो । बुढा बुढी २ जना त्यहि माथि दुवै असक्त अत्यन्तै पिंडादायक अवस्थामा रहेको दृश्य थियो । अन्य थप जानकारी तल भिडियोमा हेर्नुहोला साथै भिडियोलाई धेरै भन्दा धेरै सेयर गरि सहयोगी मन हरुमाझ पुराईदिनुहोला ।