पोखरामा लास पोल्ने मान्छेसंग डरलाग्दो अन्तरवार्ता, भूत आफै आउँदैन बोलाउनुपर्छ (भिडियो)

चन्द्रबहादुर नेपालीको पुखौली घर म्याग्दी हो । उनी पोखराको रामघाट आर्घौ सदनमा लास पोल्न बसेको करिब नौं बर्ष भयो । उनी डेढ बर्ष हुँदा नै उनकी आमाले संसार छाडेर गईन् । बाबुले अर्की आमा ल्याएपछि उनी मामाघरमा गएर बसे, मामा घरका हजुरबाले उनलाई हुर्काए पछि उनी पोखरा आए । पोखरा आउँदा बालुवा बोक्ने काम गरे । धार्मिक सोचं भएका चन्द्बहादुरले पछि लास पोल्ने काम पाए ।
उनी भन्छन् यो काम आफूले स्वइच्छाले गरेको हो । सुरु सुरुमा त भूत आउँछ तर्साउँछ भनेर पनि डराएको र पछि मात्र थाहा भयो की आफूले बोलाएपछि मात्र भूत आउँने रहेछ । भूत भनेको मन हो, मनले भूत सोच्ने हो भने भूत आउने र मानिस तर्सिने उनको भनाई छ । करिब नौ बर्षको अबधीमा हजारौं लासलाई उनले खरानी बनाईसकेको छन् । साना बच्चा देखी कुहीएका, किरा परेका लास समेत उनले पोलेको कुराकानीका क्रममा बताए । लास रातीको समयमा पोल्दा प्राय आफू एक्लै हुने, आएका मलामी पनि डरले उनकै जिम्मामा लगाएर जाने गरेको उनले बताए ।