मृत्यु हुनुभन्दा अघि साथीलाई केहि भन्न चाहान्थिन रिना, साथीबाट खुल्यो थप रहस्य (भिडियो)

मोरङको पथरी-१ स्थित कस्मेटिक पसल व्यवसायी २९ बर्षीय रिना बस्नेतको मृत्यु भएको दुई हप्ता वितिसक्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन। उनी आफ्नै डेरा अगाडी सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिइन।

कर्न्सट हेरेर राती घर फर्किने क्रममा आमाको मोबाइलमा धेरै नै पटक फोन आइरहेको तर आमाले उक्त न उठाएको उनको १३ वर्षीय छोराले बताए संगै घटना झन् रहस्यमय बन्दै गएको हो। राति रिनालाई पटक पटक फोन गर्ने व्यक्ति कमल नेपाल हुन्। उनलाई प्रहरीले हिरासतमा लिएको छ। घटनाको शुरुवात प्रहरीलर छतबाट आत्महत्या गरेको आशंका गरेको थियो। स्थानियले कुनै आत्महत्या नभएर हत्या नै हुनु पर्ने दावी गर्दै रिनालाई न्याय माग गर्दै प्रहरी कार्यालय घेराउ गर्ने देखि सडकमै विरध गरेका थिए। अहिले भने प्रहरी पनि निरन्तर छान विन कार्य मा जुटिरहेको छ।

यससँगै रिनाका दुईबर्ष देखि नजिकिएका दुईसाथीको अनुसार, घटना हुने अघिल्लो दिन केहि कुरा भन्नु छ भनेकी थिइन रिनाले। उनीहरु कन्सर्टमा पनि सँगै थिए। त्यति बेला उनलाई बारम्बार फोन आईरहेको थियो। साढे ११ बजे रिनासँगै उनीहरु पनि फर्किए। रिनाले कन्सर्टमा कुनै पेय पदार्थ नपिएको उनीहरूको भनाई छ।
बाँकी हेर्नुहोस भिडियोमा