रिना प्रकरण: हत्यारालाई कार्वाहीको माग गर्दै पथरीमा आन्दोलन ‘भिडियो सहित्’

पथरीशनिश्चरेमा शनिवार बिहान नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको हत्यारालाई कार्वारी गर्दै स्थानिय आन्दोलित भएका छन । आज सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाए सँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिती तनाव ग्रस्त भएको हो । आन्दोलित स्थानियले महेन्द्र राजमार्ग अन्तर्गत पथरी सडक खण्ड अबरुद्द गर्दै नाराबाजी गरिरहेका थिए ।

आक्रोशित भिडले इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन । आक्रोशित भिडले ‘हत्यारालाई कार्बाही गर’ महिला हिंसा अन्त्य गर’ शान्ती सुरक्षा कायम गर, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरिरहेका थिए ।