मार्मिक भिडियो मन थामेर हेर्नुहोला, मलेसिया गएको श्रीमान १० वर्ष सम्म नफर्किएपछि ,, बाटो हेर्दै श्रीमती र दुई छोरी ।

महेश बोहरा तम्घास गुल्मी

नेपालीहरुको एउटै बाध्यता हो यताउता जसो गरेपनि आखिर अन्तिममा परदेश जानै पर्ने हो । कति त सफल भएर फर्किन्छन् भने अधिकांश प्रदेशीहरु केही न पीडा लिएर आउछन् । कस्को चाहाना हुँदैन धेरै कमाउने , राम्रो काम गर्ने तर यी सब चाहाना हुँदाहुँदै पनि रित्तो हात फर्किन बाध्य हुन्छन् ,, कतिपय त फर्किन नसक्ने अवस्था भएपछि गुमनाम पनि छन् । दोलखा कालिन्चोकका मान बहादुर थापा पनि परिवारलाई सुखी राख्ने मनभरी सपना बोकेर मलेसिया उडेको दिनदेखि आजसम्म परिवारको सम्पर्कमा आएका छैनन् । सँगै जिउने वाचा गरेर सिन्दुर भरेकी श्रीमतीको काखमा उपहार स्वरुप सानी छोरी छाडेर परदेश हिडेका उनी किन फर्किएन ?

हेरौ भिडियो ।

परिवारमा डर थियो कतै मान बहादुरलाई केही भयोकी भन्ने किनकि मलेसियामा अलिकति होसियार पुर्वक हिड्नु पर्छ भन्ने थाहा थियो । मान बहादुर फर्केर आउने आशामा बाटो कुर्दै बसेकी २ छोरी र श्रीमतीको आशाको दियोँ निभिसकेको थियो तर अचानक केही दिन अगाडि मात्र फेसबुकमा श्रीमानको फोटो भेटिएको खबर कसैले श्रीमती माझ पुर्‍याउन मद्दत गरिदिन्छ अनि फेरि श्रीमतीको मनमा श्रीमान आउने आशा पलाउछ तर अझैपनि उनी सम्पर्कबिहिन छ ।

चौतारी मिडिया ग्रुपको सहयोगमा ।