लोक गायिका बिष्णु माझीको गीत फेरी युटुबको ट्रेनिङमा !नया बर्षको सुरुवातमै दोहोरीको बर्चास्सो

नायक दिलिप रायमाझी अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको २४ घण्टा बिस्त्न नपाउदै युटुबको ट्रेनिङमा प्रबेस भएको छ । ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा नायक दिलिप रायमाझी र मोडल अलिसा शर्माको अभिनयमा तयार भयको छ । युटुब मिडियामा छोटो समयमै भाइरल भएपछि यो गीतको खोजि प्रसस्तै हुन थालेको हो।त्यसो त् बिष्णु माझीको आवाजमा नया बर्षको पहिलो गीत हो यो ।

चर्चित गायक बद्री पंगेनी र चर्चित गायिका बिष्णु माझीको स्वर रहेको गीतमा शब्द संगीत भने बिनोद बाजुरालीको रहेको छ।शम्भु कुँवरको मान्छे फकायर आफ्नो हुँदैन बोलको गीतमा काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको उक्त भिडियोमा उत्सव दाहालको छायांकन तथा ड्रोन र दिपक बिष्टको सम्पादन छ ।शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्यबस्थापना गरेको छ ।
हेरौ एक पटक भिडियो